पाल्पा, २ बैशाख । सास्कृतिक सम्पदा र चाडपर्बका लागी ख्याती कमाएको पाल्पामा नयाँ वर्षको प्रारम्भसंगै जात्रा पनि सुरु भएको छ । सदरमुकाम तानसेन वडा नम्बर ३ अमरगन्ज स्थित बटुक भैरबको रथयात्रा नयाँ वर्षको पहिलो दिन सम्पन्न भएको छ ।
बटुक भैरबको रथयात्रा हरेक बर्ष नवबर्षको दिन हुने गर्दछ । यो बर्ष पनि नवबर्ष को प्रारम्भकै दिन बटुक भैरबको रथयात्रा भएको हो । बिक्रम सम्वत १८४४ मा तत्कालिन पाल्पा राज्यका राजा मणिमुकुन्द सेन द्वितीयले काठमाण्डौको वटु भन्ने स्थानबाट तिन वटा भैरबका मुर्ति पाल्पा ल्याएर मन्दीर स्थापना गरेको मन्दिरमा अबस्थित शिलालेखमा उल्लेख छ । मणिमुकुन्द सेनले नवबर्षकै दिन मुर्ति ल्याएर स्थापना गरेको हुदा हरेक बर्ष नेपाली बिक्रम सम्वत अनुसार नँया बर्षको पहिलो दिन बटुक भैरबको रथयात्रा गर्ने प्रचलन रहेको छ ।
भैरबको मुर्ति काठमाण्डौको वटु भन्ने स्थानबाट ल्याएकाले पछी वटुबाट बटुुक भैरब भएको भन्ने किबदन्ती रहेको छ । रथयात्राको अघिल्लो दिन चैत्र मसान्तका दिन जाग्राम बस्ने भजन किर्तन र पुजा गर्ने गरिन्छ भने रथयात्राका दिन गुठियारहरु भेलाभई रथयात्रा गर्ने चलन छ । रथयात्राका क्रममा मन्दीर भित्रको भैरब मुर्तिलाई सिंगारीएको खटमा राखेर नगर परीक्रमा गराईन्छ भने नगरबासीले घरघरबाट पुजा दिने प्रचलन रहेको छ । बटुक भैरब ऐतिहासिक तथा सवा दुई सय बर्ष पुरानो भएर र पनि ओझेलमा परेको, पुरातत्व बिभाग र सरकारको ध्यान जान नसकेको स्थानिय बासी एबं बुद्धिजीबी द्वारिकाप्रसाद शर्माले बताउनु भयो । सवा दुई सय बर्षदेखि निरन्तर अस्तित्व जोगाईरहेको तानसेनको बटुक भैरब मन्दीरलाई अहिले संरक्षण र सम्बद्र्धन दुबैको बराबर खाचो रहेको छ ।