गुल्मी, वैशाख । लोडसेडिीङ्ग मुक्त जिल्ला भनेपनि गुल्मीमा गत सातादेखि विद्युत नियमित नहुँदा उपभोक्ता समस्यामा परेका छन् । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले पटकपटक विद्युत अनियमित हुँदा पनि वेवास्ता गरेको उपभोक्ताको गुनासो छ । विद्युत नियमित नहुँदा यहाँका उद्योगधन्दा, कलकारखानादेखि सरकारी कार्यालयमा आउने सेवाग्राही र संचार माध्यममा समेत प्रत्यक्ष असर परेको छ ।
कालीगण्डकी ए प्रभावित जिल्ला भएका कारण गत ६ वर्षअघि गुल्मीलाई लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गरिएको थियो । लोडसेडिङ्ग मुक्त जिल्ला भनिएपनि यहाँ अघोषित रुपमा दिनहुँ विद्युत अवरुद्ध हुँदै आएको छ । जसका कारण यस क्षेत्रका उपभोक्ता थप समस्यामा परेका छन् । जिल्लामा पछिल्लो समयमा विद्युत नियमित हुने भन्दा विद्युत अवरुद्ध हुने समय बढी रहेको छ ।
जिल्लामा पछिल्लो समयमा निमार्ण सम्पन्न भएका रिडी र हुग्दी खोला जस्ता दुईवटा हाइड्रो पावरहरु भएर पनि विद्युत नियमित हुन सकिरहेको छैन । नेपाल बिद्यृत प्राधिकरण गुल्मी बितरण केन्द्रका प्रमुख दिपक सापकोटाका अनुसार पछिल्लो समयमा जिल्लाको समस्याका कारण भन्दापनि वुटवलवाट विद्युत नियमित नभएका कारण समस्या परेको वताउनु भयो । ‘वुटवलदेखि पाल्पाहुँदै गुल्मीसम्म आईपुग्दा लामो लाईन भएका कारण पनि कहिलेकाही यस्तो समस्या आउने गरेको हो, सापकोटाले भन्नुभयो–जिल्लाभित्रको समस्या समाधानकालागि हामी सधै तयार छौं ।’