श्रमको सम्मान गर्न श्रमिकको माग

424

श्रमको सम्मान गर्न श्रमिकको माग

tread munionबुटवल, बैशाख । श्रमको सम्मान हुन नसकेको नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) मा आवद्व मजदुर अगुवाहरुले बताएका छन् ।
उनीहरुले श्रम शक्ति नै राष्ट्र निर्माणको प्रमुख शक्ति भएपनि श्रमको सम्मान हुन नसक्दा श्रमिक वर्ग निरास बनेको गुनासो गरे । मजदुर वर्गको सम्मान नहुंदासम्म देशको भौतिक निर्माणले पूर्णता पाउन नसक्ने उनीहरुको भनाई छ ।
नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ बुटवल इकाईमा आवद्व स्वरोजगार दाता तथा ठेकदारको भेला र भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्ने वक्ताले श्रमिकको सहभागिता बिना विकास निर्माणले अग्रता लिन नसक्ने बताएका हुन ।
कार्यक्रममा बोल्दै काउनका राष्ट्रिय अध्यक्ष जेवी गुरुङ्कले अधिकार प्राप्तीका लागि मजदुर एकता आजको प्रमुख आवश्यक्ता रहेको बताउनुभयो । उहांले मजदुर वर्गले अझैपनि श्रमको मुल्य पाउन नसकेको बताउंदै सरकारले मजदु वर्गका लागि आरक्षणको व्यवस्था गर्न माग गर्नुभयो ।
काउनका बुटवल इकाई अध्यक्ष सूर्यदेव दासले संविधानले मजदुरलाई विभेद गरेको बताउंदै संविधानमा मजदुरलाई सूचीकृत गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक मजदुरलाई स्वास्थ्य र शिक्षा निःशुल्क उपलव्ध गराउन राज्यसंग माग गर्दै सरकारी निकायको सामाजिक सुरक्षा कोष मजदुर वर्गले उपभोग गर्न पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा काउनका राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश चौधरी, बुटवल काउनका सल्लाहाकार बिरबहादुर लामा, उपाध्यक्ष विष्णुप्रसाद चौधरी लगायतले बोल्दै निर्माण क्षेत्रमा काम गर्ने मजदुरका समस्याप्रति सरकार र राजनीतक दल मौन रहेको बताएका थिए । काउनका बुटवल नगर अध्यक्ष सूर्यदेव दासको अध्यक्षता र सचिव गणेश जीसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।