आगामी वर्षको पूर्व बजेट छलफल–संविधान कार्यान्वयन र प्राकृतिक बिपत्ति बजेटको प्राथमिकतामा: अर्थमन्त्री पौडेल

982

आगामी वर्षको पूर्व बजेट छलफल–संविधान कार्यान्वयन र प्राकृतिक बिपत्ति बजेटको प्राथमिकतामा: अर्थमन्त्री पौडेल

bucci photoबुटवल, बैशाख । अर्थ मन्त्री बिष्णु पौडेलले संविधानको कार्यान्वयन र प्राकृतिक बिपत्तिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनु भएको छ ।
उहाँले संविधानको कार्यान्वयनलाई बजेटमा पहिलो प्राथमिकता दिईने बताउँदै संविधानले मार्गदर्शन गरेका बिषयहरु तथा प्राकृतिक बिपत्ति (भूकम्प) र गैरप्राकृतिक प्रकोप (आपूर्ति अवरोध)ले बिकास बजेटलाई केही निरुत्साहित गर्ने पनि बताउनु भयो ।
मुलुक भित्रै रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, आयात–निर्यातको असन्तुलन कसरी कम गर्न सकिन्छ र सवल सुदृण अर्थ व्यबस्थाको बिकास कसरी गर्न सकिन्छ भन्नेमा आफू केन्द्रित रहेको उहाँले बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ, नेपाल उद्योग बाणिज्य महासंघ र अर्थ मन्त्रालय राजस्व परामर्श समितिले प्रदेश नं. ५ को बुटवलमा आयोजना गरेको पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा उहाँले भन्सार प्रणाली, रेमिट्यान्समा आधारित अर्थ व्यबस्थाले मुलुकको प्रगति गर्न नसक्ने उल्लेख गर्दै आगामी बजेटले भन्सार र रेमिट्यान्समा आधारित अर्थ व्यबस्थालाई निरुत्साहित गर्ने बताउनु भयो । तर अहिले मुलुक रेमिट्यान्स र भन्सार राजस्व अर्थ व्यबस्थामा आधारित छ ।
केही वर्ष पहिलेसम्म खाध्यान्न तथा कृषिजन्य उत्पादन, माछा मासुमा आत्मनिर्भर रहेको नेपालमा अहिले धनियाँको पात सम्म आयात गर्नुपर्ने भएकाले मुलुकले ठूलो ब्यापार घाटा सहनु परेको उल्लेख गर्नुभयो ।
लुम्बिनीको महत्व निकै ठूलो रहेकाले लुम्बिनीको बिकासले यस क्षेत्रको पर्यटन बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उहाँले लुम्बिनीको महत्वलाई अझै माथी उठाउन र पर्यटन आगमनमा बृद्धि गराउनकालागि भैरहवा लुम्बिनी कोरिडोरमा भएका उद्योग धन्दाहरुको क्षमता बिस्तार र नयाँ उद्योग स्थापना गर्ने काम नगर्न उद्योगी व्यबसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अर्थ सचिव राजन खनालले चालु आर्थिक वर्षमा ४० अर्व बराबरको कृषिजन्य बस्तुको आयात भएको बताउँदै कृषि जन्य उत्पादनलाई प्राथमिकतामा राखेर लगानी गर्न उद्योगी व्यबसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्योग सञ्चालनका देखिएका दरारहरु हटाउन माग गर्दै उद्योगमा लगानी गर्ने वातावरण बने मात्रै मुलुकमा औद्योगिक बिकास र त्यसैको जगबाट आर्थिक बिकास गर्न सकिने भनाई राख्नुभयो । उहाँले आगामी बजेटमा एउटा मात्रै भएपनि तार्गेट लिएर बजेट बनाउन माग गर्दै उर्जा संकट अन्त्य भएमात्रै उद्योग धन्दा सञ्चालन गर्न सकिने भनाई राख्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले प्रदेश नं. ५ को औद्योगिक क्षेत्र बुटवलको मोतिपूर छनौट भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै यसको सिघ्र सञ्चालनकालागि यथ्योचित बजेट बिनीयोजन गर्न माग गर्नुभयो ।
आर्थिक वर्ष २०७३÷०७४ को बजेट अन्तरक्रिया कार्यक्रममा प्रदेश नं. ५ मा भएका उद्योग धन्दा, व्यापार व्यबसाय संग सम्बन्धित संघसंस्थाका पदाधिकारी, उद्योगी व्यबसायी, सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनीधिको सहभागिता रहेको थियो । उनीहरुले यस प्रदेशको बिकास निर्माण संगै औद्योगिक बिकास तथा उद्योग सञ्चालनमा देखिएका समस्या समाधानका लागि मन्त्रीसंग माग गरेका थिए ।