संविधानले सबैलाई समेटेको छ ः खाँण

संविधानले सबैलाई समेटेको छ ः खाँण

bk-khandबुटवल, बैशाख । नेपाली कांग्रेसका पूर्व मन्त्री तथा सांसद बालकृष्ण खाँणले नेपालको नया संबिधानले सबै जातजाती भाषा धर्म र सस्कृतिको सम्मान गरेको बताउनु भएको छ । रुपन्देहीको दयानगर गाबिसको छपिया बनभुसरीमा निर्माण हुन लागेको राधाकृष्ण मन्दिर सत्संग भवनको आइतवार शिलान्यास गर्दै उहाँले नया संबिधानले सबै धर्म सस्कृति मान्ने नेपालीलाई अधिकार सम्पन्न बनाएकाले अव त्यसको कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । रुपन्देही क्षेत्र नम्वर ३ का सांसद खाणले तिनाउ पश्चिम क्षेत्रको बिकासका लागि आफूले केन्द्रीय तहबाट पहल गरिरहेको बताउदै कृषिको व्यवसायीकरण र आधुनिकीकरण पहिलो आवश्यकता रहेको बताउनु भयो । काग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका नेता खाँणले संबिधान कार्यान्वयन को महत्वपुर्ण कार्यमा पनि सरकारको प्रमुख घटक एमालेले काग्रेस संग सल्लाह समेत नलिएको बताउनु भयो । सबैतिर एमालेकरण गर्न खोज्ने सरकार आफै असफल हुने दाबी उहाले गर्नु भयो । मन्दिरका अध्यक्ष बिश्वप्रकाश मरासिनीको सभापतित्वमा भएको कार्यक्रममा भगवती चौधरी, रामहरी शर्मा, सिता सापकोटालगायतले बोल्नु भएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •