खोलामा डुवेर युवतीको मृत्यु

503

खोलामा डुवेर युवतीको मृत्यु

गुल्मी, वैशाख । खोलामा डुवेर गुल्मीको जोहाङ्मा एक युवतीको ज्यान गएको छ । आईतबार दिउँसो बढीघाट खोलामा नुहाउने क्रममा म्याग्दी दाना गाविस ५ की २० वर्षीय गीता केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उनी सनिवार मात्र साथीहरुसँग घुम्नका लागि गुल्मी आएका बताईएको छ । घटनाको वारेमा उनका आफन्तलाई जानकारी गराई सकिएको मिश्रले जानकारी दिनुभयो ।