६ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरासेवन गर्न भारतीयको ओइरो लाग्न थालेपछि नेपाली प्रशासनले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
भारतको बिहार राज्यमा मदिरा प्रयोग र विक्रीवितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली पइालार्य आग्रह गरेपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको आजको राजधानी दैनिकमा समाचार छ ।
नेपालबाट भारततर्फ हुने मदिरा तस्करी रोक्न सअयमेगको आग्रह गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।
विहारमा मदिरा बिक्री बन्द गरिएसँगै नेपाल आएर मदिरासेवन गर्ने विहारीको संख्या पनि अत्याधिक भएको उनले बताए । त्यहाँ कडा कानुन आएपछि त्यो संख्या अझै बढ्न सक्ने भएकाले सुरक्षा चुनौतिसमेत थपिन सक्ने उनले बताए ।
एक रिपोर्ट अनुसार नेपालको झापादेखि नवलपरासीसम्मको सीमासँग जोडिएका बिहार राज्यको मधुवनी, सीतामढी, पूर्वी चम्पारण, सुपौल, किसनगन्ज सहित १३ जिल्लाको ४० हजार बिहारी दैनिक मदिरा पिउन सीमा क्षेत्रको नेपाली भट्टीमा आउने गरेका छन् ।