नेपालको शानदार जित, नामिबिया ३ विकेटले पराजित

1.3K

नेपालको शानदार जित, नामिबिया ३ विकेटले पराजित

gameeeeकाठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत सोमबार भएको खेलमा नेपालले नामिबियालाइ ३ विकेटले हराएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा नामिबियाबिरुद्ध भएका दुवै खेलमा नेपाल विजयी भएको हो ।

कप्तान पारस खड्का र शरद भेषावकरले उत्कृष्ट पारी खेलेपछि २ सय ४० रनको लक्ष्य नेपालले एक वल बाँकी हुँदा ७ विकेट गुमाई भेट्टाएको हो । ३७ रन जोड्दा २ विकेट विकेट गुमाएको स्थिति सम्हाल्दै कप्तान पारस खड्का र शरद भेषावकरले तेस्रो विकेटका लागि १ सय ६७ रनको साझेदारी गरे । खड्काले कप्तानी पारी खेल्दै १ सय ३ रन बनाए । ९२ वलको सामना गरेका उनले ७ छक्का र ५ चौकाको मद्दतमा १ सय ३ रन जोडे । यस्तै भेषावकर ७७ रनमा नटआउट रहे । छैठौं ब्याट्सम्यानका रुपमा क्रिजमा आएका बिनोद भण्डारीले १२ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्ल २२ नरेश बुढाऐर ६ र राजेश पुलामी मगर १ रनमा आउट भएका थिए ।

नामिबियाले नेपाललाइ २४० रनको चुनौति प्रस्तुत गरेको थियो । नौ विकेटको क्षतिमा नामिवियाले २३९ रन बनाएको थियो । टस हारेर पहिलो ब्याटिङ्ग गरेको नामिवियाले राम्रो सुरुवात गरेको थियो । ब्याटिङ्गको क्रममा नेपाललाइ दवावमा राख्न खोजे पनि नेपाली कप्तान पारस खड्कका मैदानमा चम्किए पछि नामिविया दवावमा परेको थियो ।

नेपालका लागि कप्तान पारस खड्का र शरद भेषवाकरले सर्वाधिक रनको साझेदारी गरेका छन्। खड्का र भेषवाकरले १६७ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी रन भएको छ। कप्तान पारस खड्काले ९४ बलको सामना गर्दै ५ चौका र ७ छक्का प्रहार गरेका थिए ।

गातार दुई खेलमा पराजित भएपछि नामिबिया भने २ अंकमा तालिकाको सातौं स्थानमा छ । अन्तिम चारमा पर्ने टोलीले सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनौट खेल खेल्न पाउनेछन् ।