दुई करोडको कारोवार गर्दै सकियो मोवाईल मेला

दुई करोडको कारोवार गर्दै सकियो मोवाईल मेला

expoबुटवल, बैशाख । बुटवल उद्योग बाणिज्य संघ अन्तरगतको मोवाईल बस्तुगत समितिले बुटवलमा सञ्चालन गरेको मोवाईल मेला दुई करोड बढीको कारोवार गर्दै सोमबार सकिएको छ ।
गत ४ गतेदेखि सञ्चालन भएको मेलामा तीन दिनको अवधीमा ३२ हजार दर्शकले अवलोकन गरेको मोवाईल बस्तुगत समितिका सभापति तथा मेला आयोजक समितिका संयोजक एमएल पाण्डेले बताउनु भयो ।
मेलाको आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलले समापन गर्नुभएको हो । मेलाको समापन गर्दै उहाँले राज्यलाई तिर्नुपर्ने कर पारदर्शी रुपमा तिर्न आग्रह गर्दै कर प्रशासनलाई चुस्त र दुरुस्त बनाउन आफूले भूमिका निर्वाह गर्ने बताउनु भयो ।
मेलामा विश्व बजारबा नेपाल भित्रीएका ३२ कम्पनीका ५ सय मोडलका सेटहरु राखिएका थिए । ९ सयदेखि एक लाख रुपैंयासम्म मुल्यका मोवाईल राखिएको मेलामा उपभोक्तालाई कम्पनी अनुसार ५ देखि ३५ प्रतिसत सम्म मुल्यमा मोवाईल उपलब्ध गराईएको आयोजकले बताएका छन् ।
मेला आयोजक समितिका संयोजक एमएल पाण्डेको अध्यक्षतामा भएको मेला समापन कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, संघका बाणिज्य उपाध्यक्ष उज्वल कशजु, संघका सल्लाहकार अर्जुनमान सैंजु, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्का,  मेला आयोजक मुल समितिका सह संयोजक विनोद पौडेल, सचिव सुरेन्द्रमान श्रेष्ठलगायतले भनाई राख्नु भएको थियो । मेला समापनमा पत्रकारहरु झबिन्द्र देवकोटा, कपिल ज्ञवाली र कृष्ण खनाललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टल सजावटका रुपमा जिवोनी मोवाईल र मेलामा अधिक मोवाइल विक्रि गर्ने सामसुङ्ग मोवाईल कम्पनीलाई पनि पुरस्कृत गरिएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •