विदेशी पाहुना लिएर पुर्व युवराज पारस तिलौराकोटमा

215

विदेशी पाहुना लिएर पुर्व युवराज पारस तिलौराकोटमा

parasssss
कपिलवस्तु, बैशाख । पुर्व युवराजा पारस शाह आज कपिलवस्तुको तिलौराकोटमा आएका छन । पुर्व युवराज शाह आज आकस्मिक रुपमा लुम्बिनी हुदै कपिलवस्तुको बुद्धस्थल तिलौराकोटमा आएका हुन । उनी र बिदेशी पाहुना गरि ५ सदस्यिय टोली भगवान गौतम बुद्धका पिता राजा शुद्धोधनको दरबारको रुपमा परिचित तिलौराकोट आएका हुन । बा १४ च २१३१ नम्बरको पजेरोमा तिलौराकोट पुगेका उनले करिब आधा घण्टाको समय तिलौराकोटमा बिताएका थिए । पुर्व युवराज शाहको आकस्मिक आगमन बारे सुरक्षा निकायले अन्तिम समयमा मात्र जानकारीमा आए पनि सुरक्षाकर्मीको टोली तिलौराकोट पुगेको थियो । उनी सहित आएका पाहुनाका टोली मध्य ३ जनाले तिलौराकोट दरबारको अवलोकन गरेका थिए भने शाह भने तिलौराकोट दरबारमा गएनन । तिलौराकोट आएका पुर्व युवराज शाहलाई लुम्बिनी बिकास कोषका कर्मचारी माधब आचार्य सहितको टोलीले खादा ओढाएर सम्मान समेत गरेका थिए ।