बुटवललाई प्रदेश ५ को राजधानी बनाउन कांग्रेसको अभियान

बुटवललाई प्रदेश ५ को राजधानी बनाउन कांग्रेसको अभियान

lamsahalरुपन्देही,वैशाख ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ४ रुपन्देहीले प्रदेश नम्बर ५ को प्रादेशिक राजधानी बुटवल नै हुनुपर्ने माग गरेको छ । भोगौलिक वनावट, प्रसाशनिक र आर्थिक केन्द्रको आधारमा प्रदेश नम्बर ५ को राजधानी बुटवल नै उपयुक्त रहेको काँग्रेसको दाबी छ । नेपाली काँग्रेस क्षेत्र नम्बर ४ ले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि नेकपा एमालेको केन्द्रीय सल्लाहाकार परिषदले प्रादेशिक राजधानी दाङ बनाउने भनेर गरेको निर्णयप्रती आपत्ति जनाएको छ ।
क्षेत्रिय सभापती हरि लम्सालले सरकारको नेतृत्व गरेको दल एमालेले प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने भनेर गरेको निर्णयप्रती आपत्ति प्रकट गर्दै लुम्बिनी बासीको हित विपरित रहेकाले यस क्षेत्रका एमाले नेताहरुको ध्यानआकर्षण समेत गराउनुभएको छ । उहाँले एमालेले आधिकारिक निर्णय नगरेपनि एमालेबृतमा त्यसको लबिङ शुरु भएको प्रष्ट भएकाले त्यसको विरुद्ध लाग्न सबै दल र नागरिकसमाजसमक्ष अपिल गर्नुभयो । उहाँले ५ नम्बरको राजधानी बुटवल र प्रदेशको नाम लुम्बिनी राख्ने कुरामा सबैको सहमती रहेकाले आफुहरुको भावनामाथि खेलवाड गरि आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । पत्रकार सम्मेलनमा काँग्रेस बुटवल उपमहानगर सभापती खेलराज पाण्डे , सचिव जोगबहादुर खत्री(विक्रम) ले बोल्दै प्रादेशिक राजधानी बुटवल बनाउनका लागि अभियान थाल्ने बेला आएको बताउनुभयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •