तिब्र विकासको पर्खाइमा बुटवलको मणिमुकुन्द उद्यान फुलवारी

1.2K

तिब्र विकासको पर्खाइमा बुटवलको मणिमुकुन्द उद्यान फुलवारी

ooo

बिमल तिवारी,

बुटवल,बैशाख, पर्यटकको रोजाई मणिमुकुन्द शेन उद्यान पर्यटन क्षेत्रक अहिले उद्योगको रुपमा बिकाश हुदै छ । रुपन्देहीमा गौतम बुद्धको जन्म स्थल लुम्बिनी लगायत पर्यटकीय क्षेत्र धेरै छन्, तेस मध्ये बुटवलमा रहेको मणिमुकुन्द सेन उद्यान पनी एक हो । नेपालको पुर्व देखी पश्चिम क्षेत्र सहित बिदेश बाट यहाँ पर्यटक आउने गर्दछन् । चुरे क्षेत्रको रेन्जमा पर्ने यो उद्यानमा दैनीक सयौ पर्यटक धुम्न आउने गर्दछन् । आर्थिक बर्ष २०७२÷०७३ को ९ महिनामा २ लाख १२ हजार ४ सय ७० ले उद्यानको भ्रमण गरि सकेका छन् । भने भ्रमण गर्ने बाट प्रवेश शुल्क बापत ५३ लाख ५३ हजार १ सय १५ रुपैय संकलन भयको कार्यालय सहयोगी होम गुरुङ्गले जनकारी दिए । साधारण प्रवेश, पिकनिक, बिवाह, सामुहीक भ्रमणमा बिभिन्न क्षेत्रका पर्यटक मणिमुकुन्द सेन उद्यानमा भ्रमण गरेको मणिमुकुन्द सेन उद्यान पार्कका कार्यालय प्रमुख त्रिबिक्रम राज बस्यालले जनाकारी दिए । बिषेश गरी मंसिर महिना, शिव रात्री, अग्रेजी नयाँ बर्ष, नेपाली नयाँ बर्षमा भिड लाग्ने कार्यालय प्रमुख बस्यालले जानकारी दिए । दैनिकजसो यस उद्यानमा साधारण धुम्न आउने बाहेक पिकनिक, बिवाह, संघ संस्थाको सामुहीक भ्रमण लगायतका बिबिध कार्यक्रमहरु हुने गर्दछन् । पर्यटकलाई केन्दीत गदै मनोरञ्जन, पार्क, हरियालि, पिकनिक सेट, पानिका फोहोरा, चिडियाखाना, बाल उद्यान, निर्माण गरिएको छ । १५ औ सताब्दिमा मणिमुकुन्द शेन राजाले निर्माण गरेको सितकालिन दरवार अवशेष पनी सोही स्थानमा रहेको छ । जहाँ अग्रेज संग युद्ध भयको स्थान जितगढि किल्ला बाट मणिमुकुन्द दरवार सम्म २ सय मिटरको सुरुङ्ग मार्ग रहेको अनुमान गरिएको छ । यस हिसावले यो क्षेत्र ऐतिहासिक क्षेत्र पनी हो, प्रचार प्रचार गर्न सके यसले अवलोकन र अध्यान गर्ने पर्यटकलाई केन्दीत गर्न सक्छ । भिरालो जमिनमा अवस्थित रहेको पार्कमा हुनाले पनी यो ऐतिहासिक क्षेत्र पनी हो । ऐतिहासिक महत्व सगै पार्कमा रहेको मजार थानको मन्दिर बिषेश महत्वको रुपमा रहेको छ, यो मन्दिरमा भारतको गुजरात बाट समेत धार्मिक पर्यटकहरु आउने उद्यान समितिले जनाएको छ । २०३६ सालमा फुलवारी पार्कको रुपमा स्थापना भयकोमा २०५४ साल देखी मणिमुकुन्द सेन उद्यान पार्कको नाममा पार्क संचालन भयको छ । १५ बिगाहा क्षेत्रफलमा रहेको पार्कलाई २५ बिगाह को क्षेत्र बिस्तार गदै पुर्वाधार निर्माणको काम भई रहेको मणिमुकुन्द शेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेले बताए । बुटवलका गौरवको रुपमा रहेको उद्यानको बिकाश गदै लुम्बिनीमा आउने पर्यटकलाई उद्यान सम्म ल्याउने वातावरण बनाउन लागि परेको अध्यक्ष लुईटेल बताउछन् । क्षेत्र बिस्तार गदै उद्यानको गुरु योजना निर्माण गर्न लागियको छ । गुरु योजनामा क्षेत्रीय स्तरको चिडियाखाना, मणिमुकुन्द शेन सम्बन्धी ऐतिहासिक र सास्कृतिक सामाग्री बस्तुहरु झल्कने संग्र्राहलय सहीत आधुनिक स्तरको पर्यटकीय क्षेत्र निर्माणमा गर्ने गरि काम भई रहेको अध्यक्ष खेम लुईटेलले जानकारी दिए । पर्यटन क्षेत्रले देशको आर्थिक बिकाशमा सहयोग गदै आएको छ । मणिमुकुन्द सेन उद्यान पर्यटन केन्द्रको रुपमा बिकाश हुदै छ । रुपन्देही बुटवल उपमहानगरपालिका ४ मा रहेको उद्यान यस क्षेत्रको महत्वपुर्ण पर्यटकिय स्थल हो । आवश्यक भौतीक संरचना, मनोरञ्जन स्थल सहितको आधुनिक पर्यटकीय स्थानको खाचोलाई पुरा गर्ने गरि काम अगाडि बढाउनु आवश्य छ ।