राजदूत सिफारिस आत्महत्याको धम्कीदेखि, हायातमा पार्टीसम्म

269

राजदूत सिफारिस आत्महत्याको धम्कीदेखि, हायातमा पार्टीसम्म

ffffffffकाठमाडौं–लामो समयदेखि विभिन्न मुलुकमा खाली रहेको राजदूतमा २१ जनाको नाम सिफारि गरेपछि त्यसको चर्चा परिचर्चा सुरु भएको छ । परराष्ट्रमन्त्री समेत भएका व्यक्ति सहसचिव सरहको पदमा जागिर खान मरिहत्ते गरेपछि पदलोलुपहरुको भीड पनि सतहमा देखिएको छ । आजको जनआह्वान साप्ताहकिमा खबर छ । विवादास्पद पृष्ठभूमि भएकाहरुलाई नै सरकारले राजदूतमा सिफारिस गरेपछि मुलुकको कुटनीतिक क्षेत्र पूर्ण रुपमा धरापमा पर्ने देखिएको छ । सरकारमा सहभागी दलको भागवन्डाका आधारमा नियुक्त गरिएका व्यक्तिहरु परराष्ट्र मन्त्रालका बाहेक अरु कुनै क्षमता नभएका व्यक्ति हुन् । उनीहरुसँग कुटनीतिको क सम्बन्धी ज्ञान छैन । परराष्ट्रमन्त्री भएको बताइएपनि महेन्द्रबहादुर पाण्डे आफै राजनीतिक सोमत नभएको प्राणीका रुपमा परिचति रहेको स्वय एमाले भित्रै चर्चा हुने गरेको छ ।

आत्महत्या गर्ने धम्कीपछि पाण्डे राजदूत
एमालेभित्र पदका लागि जे पनि गर्ने र सधै पदमा रहिरहनुपर्ने व्यक्ति हुन महेन्द्रबहादुर पाण्डे । अघिल्लो सरकारमा सांसद नभएपनि परराष्ट्रमन्त्रीको पद पड्काएका पाण्डेलाई वर्तमान सरकारमा पनि परराष्ट्रमन्त्री नै बनाउन खड्ग ओलीलाई दबाव परेको थियो । तर सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउन नपाइने प्रावधानका कारण पाण्डे मन्त्री बन्न पाएनन् । त्रिभुवन विश्वविद्यालयको जागिरमा पुनः फर्केर जान पनि पाण्डेलाई सहज थिएन । सांसद छैन, मन्त्री बन्न बाटो खुलेन । नुवाकोटामा गएर चुनाव जित्न पनि उनलाई गा्हे छ विदुरका एमाले कार्यकर्ता चम्पासिंह तामाङले भने ।

परराष्ट्रमन्त्री रहँदा नुवाकोटका जग्गा दलाललाई पत्रकार बनाएर अमेरिका लगेको क्षमता पाण्डेसँग रहेको भन्दै नुवाकोटका एमाले कार्यकर्ता नै उनीसँग खुसी छैनन् । मन्त्री रहदा पिए राखेका अश्विनी पुडासैनीमार्फत उठती धन्दा सञ्चालन गर्ने क्षमता पनि पाण्डेसँग रहेको बालुवाटारलाई राम्रैसँग थाहा छ । पछिल्लो पटक मन्त्री, सांसद समेत नभएका पाण्डेलाई कही कतै पनि राख्न नसकिने भएपछि उनले खड्ग ओलीसँग गुनासो गर्दै आएका थिए ।

खड्ग ओलीसँग गुनासो गरेपनि कुनै पनि स्थानमा राख्न नमिल्ने भएपछि उनले टार्दै आएका थिए , एक एमाले नेताले भने पाण्डेले महासचिव इश्वर पोखरेलसँग पनि मलाई कही कतै सेटल नगर्ने हो भने पार्टी छाडेर हिड्ने भन्दै धम्की दिएका थिए । कमल थापा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री समेत रहेकाले उनले नेतृत्व गरेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको गठन आदेश परिवर्तन गरेरै भएपनि त्यहाँको कार्यकारी निर्देशक बनाउने प्रस्ताव पनि नआएको होइन, तर थापाले मन्त्रीसरहको पद बनाएर आफ्नै मातहतको निकायमा सौता भित्र्याउन तयार भएनन् ।

पराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा मन्त्री भइसकेको मान्छे नै जानु जायज होइन, उत्तम पनि हुँदैनथ्यो । तर पाण्डेलाई जसरी पनि पद चाहिने उत्तम पदको अभाव हुँदै थियो । कतै बाट पनि पद नपाएर हैरान भएका पाण्डे अघिल्लो साता बालुवाटर छिरे र खड्ग ओलीलाई भने मलाई कुनै न कुनै पद नदिने हो भने म अब आत्महत्या गर्छु भन्दै धम्की दिए ।

ओलीले कुनै जवाफ दिएनन् बरु महासचिवलगायतसँग छलफल गर्ने भन्दै पाण्डेलाई मनाएर फर्काए । पोखरेलले पनि पद लोलुपलाई दिउ भो, भइहाल्यो भन्दै पाण्डेप्रति नरम देखिए । सहमति के भयो भने चीनका लागि नेपाली राजदूत महेश मास्केको पदावधि सकिदै छ । एक महिनापछि उनी कार्यकाल सकेर स्वदेश फर्कदैछन् । उनकै स्थानमा पाण्डेलाई राजदूत बनाएर पठाउने सहमति भयो । पाण्डेलाई तत्कालै पोखरेलले फोन लगाएर सोधे राजदूत खाने हो पाण्डे कण । पद देख्दा महादेवको तेस्रो नेत्र भने जस्तै पाण्डे हुरिर्दै बालुवाटार छिरे र भने म आत्महत्या गर्छु भनेर तपाइहरुलाई धम्की नदिएको भए कसरी मिल्थ्यो त त्यत्रो पद भन्दै ओलीको खुट्टा नै ढोगुला झै गरे र भने मेरो लागि यो भन्दा उत्तम पद अरु हुनै सक्दैन भनेर स्वीकार गरे र अन्ततः उनलाई चीनको राजदूतको पद अभयदानमा मिल्यो । राजदुतखान मरिहत्ते गर्ने पाण्डेलाई त्यसबारे थप जिज्ञासा राख्न खोज्दा आफ् विजी भएको बताए ।

लक्की राजदूत भएपछि बौद्धमा भोज
एमाले रहँदा नै बिववादास्पद पृष्ठभूमिकी एमाओवादी नेत्री लक्की शेर्पालाई एमाओवादीले अष्टे«्लियाको राजदूत बनाएको छ । मङ्गलबारको मन्त्रीपरिषदले लक्कीलाई राजदूत बनाउने निर्णय गरेपछि बौद्धमा उनको नाममा स्वतन्त्र तिब्बत पक्षधरहरुले होटल हायातमा पार्टी गरेको बताइन्छ । होटलका एक मजदुरकाअनुसार हायात होटलमा रातो लुगा लगाएका एक दर्जन भन्दा बढी बुधबार पाटीमा सहभागी भएका थिए । सो पाटीमा विवादास्पद एवम् निलम्बित सांसद ह्यारक्याल लामा समेत सहभागी भएको बताइन्छ । लामाले आफ्नै लवजमा लक्कीलाई भने लौ लाक्की, तेरो त भइहाल्यो, लु ठिक छ, अब हामी मिलेर काम गर्नुपर्छ भनेका थिए ।

पोर्चुगलमा बनेको वाइन एम्बास्डर मेडमलाई भन्दै रातो लुगा लगाएकाले भनेका थिए । उपस्थित अरुले भने ब्ल्यू लेवल धोकेका थिए । लामा लवजमा नै कुराकानी गरेका उनीहरुले मिलेर राती अबेरसम्म रक्सी खाएका थिए । ल्ह्यारक्याल लामाले भने आफूलाई योजनावद्ध रुपमा फसाइयो भन्दै दुख मनाउ गरेका थिए । छोरो पाउनु कहिले कहिले भोटो सिउने अहिले भने जसरी नै संसदीय सुनुवाई हुन बाँकी छ, एग्रिमो आउन बाँकी छ , तर लक्कीले दिएको पाटीलाई भने आश्चर्यजनक रुपमा लिइएको छ । यस बारेमा लक्कीसँग बुझ्न खोज्दा उनको फोन उठेन ।

निरन्जन थापालाई एग्रिमो नदिन आग्रह गरिने
पञ्चायतकालमा नागरिक हत्या गरेका पूर्व गृहमन्त्री निरन्जन थापालाई रुसको राजदूतमा नियुक्त गरिएको छ । पञ्चायतकालमा नागरिक हत्या गर्ने थापालाई कमल थापाले राजदूतको पद अभयदान दिइएको हो । थापालाई रुसको राजदूत बनाएपछि उनलाई एग्रिमो नदिन आग्रह गर्दै निवेदन दर्ता गर्ने तयारी गरिएको छ । तस्बिर : नेपालीपत्र