क्षत्री समाजमा नयां नेतृत्व चयन

1.3K

क्षत्री समाजमा नयां नेतृत्व चयन

ooooooooooooooबुटवल,बैशाक । क्षत्री समाज नेपाल बुटवल वडा न १३ को सातौ साधारण सभा तथा अधिवशेन आज सम्पन्न भएको छ । वडा समितिका सभापती राम वहादुर खनाल क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजका जिल्ला वरिष्ठ उपाध्यक्ष गुप्त वहादुर केसीले राजनितिक परिर्वतनहरुमा महत्वपुर्ण भुमिका खेलेका क्षत्रीहरु अझै पनि अन्यायमा परेको बताउनु भयो । उहांले राष्ट्रिय एकता समाजिक सद्भाव र समाज रुपान्तरणका लागि क्षत्रीको एकता अहिले पनि आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा समाजका जिल्ला सल्लाहकार एवं बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ वहादुर फौदार, महिला जिल्ला उपाध्यक्ष पार्वता खड्का, समाजसेवी चित्र वहादुर वर्मा, तान वहादुर केसी, शान्ता अर्याल, दुर्गा वहादुर खत्री लगायतले बोल्नु भएको थियो । अधिवशेनले पुन राम वहादुर खनाल क्षेत्रीको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विष्णु केसी, सचिवमा दुर्गा वहादुर खत्री, कोषाध्यक्षमा गणेश वहादुर केसी, सहकोषध्यक्षमा खिम वहादुर टण्डन, सहसचिवमा लक्ष्मि ओली चयन हुनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा प्रतिक्षा क्षेत्री, सुमित्रा थापा, गोविन्द व थापा, कोपिला थापा, सिता क्षेत्री, मिरा थापा, शोभा केसी, पुनम भट्टराई, बसन्त थापा, लक्ष्मी कार्की,बम वहादुर थापा ,प्रेमकला थापा, पार्वती जिसी लगायत रहनु भएको छ ।