नायिका हरुलाई खुला पत्र

714

नायिका हरुलाई खुला पत्र

12493933_161314154239885_1915423509502352009_oभिम खनाल बुटवल 

प्रिय कलाकार हरु जिन्दगि भर अासु काे समुन्द्रमा पाैडिरहने नेपाली हरुलाई भरपुर मनाेरन्जन दिने प्रयास गर्नुहुन्छ ह्रिदय देखि हार्दिक धन्यबाद तथा तपाईं हरुलाई कहि कतै सम्मान गर्न चुक्ने छैन मैले यकमुस्ट खुला पत्र लेख्दै गर्दा तपाईं हरु अाअाफ्नै याेजना मा घनिभुत छलफल मा ब्यस्त हुनुहुन्छ हाेला या त भाबि कथाले मागेजस्तै सुन्दरता र सारिरिक बनावट काे तयारिमा हुनुहुन्छ र मलाई राम्रै सङ्ग थाहा छ याे पद र प्रतिस्ठा बिहिन फाेस्राे मनुवाले लेखेकाे खुलापत्र पढ्ने समय तपाईं हरुलाई कति पनि छैन किनकि तपाईं हरु सेलिब्रेटि हाे हाम्राे समाज मा दाेहाेराे चरित्र काे मान्यता या भनाै सेलिब्रेटि काे अाफ्नै घमण्ड छ अाअाफ्नै स्थान छ शब्दकाेषमा सेलिब्रेटि भन्नाले चर्चित या परिचित ब्याक्ति भनेर उल्लेख गरियकाे छ खासगरि टेलिभिजन या चलचित्र काे पर्दा या अाफ्नै प्रतिभा काे कारण समाज मा अाफ्नाे अलग परिचाहन स्थापित गराउन सफल ब्याक्तिहरुलाई सेलिब्रेटि भनिदाे हाे मैले याे खुला पत्र लेख्नु काे कारण केही दिन अगाडि चर्चित नायिका प्रियङ्का कार्किले अाफ्नाे फेशबुक काे खालि सञ्जाल मार्फत छताछुल्ल बनायर पाेखेकाे स्टाटस हाे प्रियङ्का मात्र हाेइन बेला बेला प्राय नेपाली नायिका हरुकाे वालमा यस्तै तनाब पुर्ण शब्दहरुले स्थान पाएका हुन्छन या भनाै अाफ्नै दर्सक हरुकाे अस्शिल टिप्पणि काे झटाराे सहन बाध्य छन नेपाली महिला कलाकार मैले याे खुला पत्र लेख्दै गर्दा कहि कतै तपाईं हरुकाे भावना माथि अाच अाउने खालका शब्दहरु प्रयाेग गर्ने छैन किनकि मलाई थाहा छ मेरि अामा पनि यक नारि हुन
तपाईं हरुलाइ सायद थाहा नै छ नारिहरु स्रिस्टिकाे अनुपम उत्क्रिस्ट रचना हुन र दुनियाले जे भनाेस तनाम नारिहरुकाे सुन्दरता मापन सालिनता या लज्जामा हुने गर्दछ अन्य अर्थ नलागाेस सायद तपाईं नायिका हरु भ्रम मा हुनुहुन्छ कि तपाईं हरुकाे साैन्दर्यता छालामा छ जुन तपाईं ले लगाइरहेकाे पहिरन ले छाेपेकाे छ रत तपाईं हरु पहिरन उतार्ने हाेडबाजि मा हुनुहुन्छ मलाई यस्ताे लाग्छ नेपाली चलचित्र जगत मा मानबियता या चेतना भन्ने कुराकाे अलिकत पनि हेक्का राखिदैन तपाईं हरु जान या अञ्जानमा उहीँ मानबियता नभयकाे संसार मा कथाले मागे जति दिनुहुन्छ कथाले जे पनि माग्न सक्छ र मलाइ थाहा छ तपाईं हरु अाफ्नाे रहर ले उदाङ्गिनु हुन्न तपाईं हरुलाइ कसैले उदाङ्गाे बनाईरहेकाे छ याे समाज का ठालु या पुजिपति बर्ग हरु पैसा काे अघाेर घमण्डमाथि उत्पात मच्याउदै अरुलाइ नङ्ग्याउन र नग्न सरिरमाथि साेसण का चुम्बन बर्षाउन लालायित छन तिनै बर्ग हरुमाथि तपाईं हरु काे अगाडि तपाईं नङ्याउनु हुन्छ अाफुलाई र उनिहरुले सल्कायकाे याैन साेसण काे अागाेमा तेल थपिदिनु हुन्छ अनि समाज माथि दाेष थुपार्नु हुन्छ बास्तबमै कलाले कहि कतै नाङ्गाे शरीर माग्दैन कलाले कलाकार काे सुन्दरता र प्रतिभालाई समाज काे हरेक तह र तप्कामा प्रस्तुतिकरण दिन्छ अन्य अर्थ नलागाेस तपाईं कलाकार हरु अाफ्नाे ईजत र सुन्दरता लाई लिलामि मा राख्नुहुन्छ र कुनै चलचित्रकाे पर्दमा देखिन कै लागि कचाैरा थापेर भिख माग्नु हुन्छ ( कलाकाे भिख) कलाकार काे सुन्दरता उसकाे रुप सारिरिक बनावट या उसकाे अङ्ग सङ्ग तुलना गरिदैन उसकाे कलाकारिता सङ्ग उसकाे सुन्दरता जाेडियकाे हुन्छ यदि उक्त क्षेत्रमा अाफुलाइ टिकाई राख्न कै लागि अङ्ग प्रदर्सन र नाङ्गाे शरीर काे प्रस्तुतिकरण लाई कलाकारिता मानिन्छ भने त्याे तपाईं हरुकाे भ्रम हाे तनाम दर्सक तथा फ्यान हरु चलचित्र हल सम्म कलाकार काे नाजुक स्थिमा रहेकाे नाङ्गाे छाला हेर्न जादैनन तपाईं हरुकाे कला र अभियन हेर्न जान्छन सायद यस्तै तनाम कारण हरु छन जाे सङ्ग कला भयर पनि कतै गुमागाम छन किनकि उनिहरु अाफुलाई उदाङ्गाे बनाउन चाहान्नन दयाहाङ राई सुन्दर या सारिरिक बनावट ले साथ दियकाे कलाकार हैनन तर उनकाे विशेष किसिम काे कलाले उन काे सुन्दरता झल्काउछ र लाखाै काे मन जित्न सकेका छन ।
खासमा कलाकार सङ्ग सिङ्गाे समाजले घनिभुत समन्ध राखेकाे हुन्छ कतिपय स्थानमा कलाकार अाफ्नाे ब्याक्तिगत स्वार्थ लाई त्याग गर्न सक्नु पर्ने हुन्छ कलाकारले समाज मा नकरात्मक हैन सकरात्मक सन्देस प्रवाह गर्न सक्नु पर्ने हुन्छ सायद तपाईं हरु कहिल्यै अाफुलाई दर्सक काे धरातल मा उभायर हेर्नू हुन्न हाेला रबिन्द्र मिश्र ले कहि कतै उल्लेख गरेका थिए ( कुनै शब्दलाई शब्दकाेष ले जसरि उल्लेख गर्याे त्यसरि उल्लेख गर्नु पर्छ भन्ने हाेईन वास्तविक कलाकार या सेलिबेटि ती हुन जसले समाज काे ठाेस रुपान्तरण का लागि पेशागत दायरा भन्दा बाहिर गयर अाफ्नाे प्रतिभा लाई प्रयाेग गर्छन त्यसाे नगर्ने हरु सिर्फ पशाकर्मि हुन सेलिब्रेटि हाेइनन ) त्यसाेत अफ्रिका मा भाेकमाेरिले मर्न अाटेका लाखाै मानिसका लागि अाफ्नाे साङ्गितिक प्रस्तुति द्वारा कराेडाै उठायका बब गेल्डाेफ भन्दा झण्डै नाङ्गियर अाधा नितम्ब देखाउदै गित गाउने ब्रिट्नि काे सेलिब्रेटि परिचाहन बढि छ हुनत प्रियङ्का का उक्त स्टाटस सङ्गै समाज मा अाफुलाई सिक्षित बर्ग साेच्नेहरु बाट विभिन्न टीका टिप्पणि नभयकाे हाेईनन अफसाेच यस्ताे लाग्थ्याै उनले कतै दयाकाे भिख मागिरहेकि छिन र कचाैरा मा दुई चार शब्द खसाल्न लालायित छन ती बाैद्दिक अपाङ्गता भएका खप्पर हरु हुनत तपाईं हरुकाे शरीर तपाईं हरुकाे अाफ्नै हाे तपाईं हरुलाई जसरि पर्दसन गर्न मन छ त्याे तपाईं हरुमा निहित छ र स्वतन्त्रता काे सबाल पनि हाे तर बुज्नै पर्ने कुरा के भने मानव मनाेबिज्ञान एक अचम्म काे किटाणु हाे जाे समाज मा नकरात्मक भाईरल बनेर फैलिन समय लाग्दैन तपाईं हरु ्सक दिर्घा प्रति टीका टिप्पणि गर्नु भन्दा पहिले अाफ्नाे कला काे माध्यम बाट अाफुलाई निपुर्ण बनाउनुस अाफ्नै क्षमता द्वारा अाफ्नै धरातल मा उभिने प्रयास गर्नुस तपाईं हरुलाई कसैले गलत टिप्पणि गर्ने हिम्मत राख्ने छैन हुनत यश परिबर्तित समाज मा त्यस्ता खराब पात्र या चरित्र नभयका हाेइनन ती कायर हुन जसलाई फासिकाे सजाय पनि कम हुन्छ कलाकारिता काे बिल्ला भिर्दैमा अाफुलाई उदाङ्गाे बनाउनु पर्छ भन्ने कहि कतै लेखियकाे छैन देशकाे सस्क्रिति सम्पदा रितिरिबाज बचाइ राख्न तपाईं कलाकार हरुकाे महत्वपुर्ण भुमिका हुन अाउछ नाङ्गिनु अाधुनिकता हैन हामी अाधुनिकता काे नाम मा १७ अाै सताब्दि तिर धकेलिदै छाै अाफुलाई कलाकार भनेर चिनाइसकेपछि सकरात्मक या नकरात्मक कुरा काे ख्याल गर्नै पर्ने हुन्छ तब मात्र कलाकार हरु देशका गहना हुन सक्छन जब कलाकार ले उसकाे कला मार्फत समाजमा सकरात्मक छाप छाेड्न सफल हुन्छ समाज लमई सकरात्मक बाटाे तर्फ बढ्न मद्दत पुर्याउछ अन्यथा देशका गहना कदापि हुन सक्दैनन हुनत केही कलाकार हरु देशकै नमुना काे रुपमा प्रस्तुत नभएका हाेईनन उनिहरु समाज रुपान्तरण काे लागि पेशागत दायरा भन्दा धेरै माथि उठिसकेका छन उदाहरण काे लागि मह जाेडि सुन्तलि धुर्मुस जाेडि तथा अन्य तनाम कलाकार लाई लिन सकिन्छ अासा छ तपाईं हरु पनि समाज काे नमुना काे रुपमा प्रस्तुत हुनुहुनेछ र तनाम दर्सक तथा सुभचिन्तक हरुकाे सुझाब काे मनन गर्नुहुनेछ
जय नारि जय देश