राष्टपती भण्डारीलाई एक महिलाको हृदयविद्धारक पत्र

524

राष्टपती भण्डारीलाई एक महिलाको हृदयविद्धारक पत्र

bidyaaa oo

राष्टपती विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्टपती हुनुहुन्छ । उहां नै नेपालको सर्बोच्च पदमा पुग्ने पहिलो महिला पनि हो । एउटा महिला भएर महिलाहरुको पिडा महसुस गर्नका लागि पनि उहांलाई सजिलो छ । देशका सबै सव्वोच्च निकायमा महिला प्रम्ुख भएर एउटा ईतिहास पनि कायम भएको छ । यस्तै महिलाहरुको ईतिहास नबिनिरहेका वेला एक जना गुल्मीकी महिलाले भने आफ्नो वेदना राष्टपती समक्ष यसरी राख्नु भएको छ ।

मिती २०७३/०१/१३ निवेदन पत्र
आदरणीय रास्ट्पति ज्यु,
नमस्कार!
म गीता कुवंर, मेरो घर जोइसिथोक गा.वि.स. २ रातापोखरा, गुल्मी हो । म र मेराे पती भएर २०७२ मंसिर १६ गते लुम्बिनी मेडिकल कलेज पवॉस भर्ना भएका हौं ।२०७२ पुस ३० गते एमर्जेन्सि अपरेसन गरी २ छोरा र २ छोरी गरि ४ बच्चाको जन्म भयो ।ती बच्चालाई आइसियुमा २०७२ पुस ३० गतेदेखि फागुन १७गते सम्म राख्नुपर्‍यो ।
हाम्रो एउटा छोराको आंखामा ठुलो समस्या आए पछि हामीलाई काठमाडौं शिक्षण अस्पतालमा स्थानान्तरण गरियो । हाम्रा बचचाहरु लाई फागुन १९देखि चैत्र १३गते सम्म ग्रीन सिटि अस्पतालमा भर्ना गयौ। यस अस्पताल मा हॉम्रो बच्चाहरु को औषधि खर्च र हामी ४ जना बुजुर्ग हरुलाई निशुल्क खानपिन को बन्दोबस्त सोही अस्पताल प्रमुख लोक बहादुर टनडनले गरीदिनुभयो।
मैले सुने अनुसार हजुर त धेरै बुद्दिजीबि र सहयोगी पनि हुनुहुन्छ रे । मेरोलागि पनि सरकार बाट यी नव शिशुहरुको लागि केहि राहत पाए म निसहायले पालन पोषण गरेर हुर्काउने थिए भन्ने पूर्ण अाशा गरेकी छु।
राष्ट्पती ज्यू हजुरलाई महिलाको समस्या बारेमा त धेरै थाहा छ। मेरो दाया हरमा पुरै घाउ भएको थियो यसले गर्दा अरु थप खर्च भयो।
मेरो समस्या बारेमा त पुरा ज्ञात छ होला नै । म चार बच्चा एकै पटक जन्माइकी भाग्यमानी आमा हु। नेपाल सरकारले केही गर्छ कि भन्ने सुनेकी छु तर अहिले सम्म केहि नगरेकोले यो निवेदन पत्र लेखेर हजुर सामु पुराउदै छु। आशा छ पढनुहुने छ।
हजुर पनि आमा हो, हजुर लाइ एउटा बच्चा ले कस्तो दुख दिएको थियो होला? हेर्नुस त मेरो अबस्था ४ बच्चा मध्य एक त बाचेन ।
राष्ट्पती ज्यू हजुर स्वयम नारी भएको नाताले मेरो समस्या पक्कै पनि बुझ्नु हुनुहुने छ।
हामी त गरीब परीबार को मान्छेले यी बच्चालाई कसरी हुर्काउन सकिन्छ होला यी बच्चालाई छोडेर न त मीरो श्रीमान केही नोकरी गर्ने जान सक्नुहुन्छ नत बच्चा को श्यह्यर गर्न, केही दयालु मन भएका सहयोगी हरु ले केही नगद सहयोग गन्न्ु भएको ले शिशुहरुको औषधि किन्नमा पर्योग भयो। अस्पताल ले शिशुहरुको तौल कम भएकोले हामी अहिले नै हाम्रो गाउं फर्कन नसक्कने सल्लाह दियो। तसर्थ हामिहरु काठमाण्डौ मा कोठा भाडा मा लिएर बसेका छौ । जस्को कमाई छैन उसलाई भाडाको पैसा कहाबाट जुटाउं? कसरी यी बालकहरुलाई बचाउं?
हामी गरीब परीवार, न त मेरो पती कमाउन जान सक्कनुहुन्छ. कमसेकम हजुरले अस्पतालको फिस तीर्न सम्म मदत गर्नु भएमा म अति कृतज्ञ हुनेथिएँ। नमस्कार!
गीता कुवँर ।