लुम्बिनी अञ्चल अस्पतालका कर्मचारीहरु आन्दोलनमा

259

लुम्बिनी अञ्चल अस्पतालका कर्मचारीहरु आन्दोलनमा

lummmmmmmmmmmरुपन्देही वैसाख १२ विभिन्न ६ सुत्रियमाग राखि लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन ।
लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारी युनियनले राखेकामागका समन्धमा अञ्चल अस्पताल विकास समितिले सुनुवाई नगरेको भन्दै युनियनले आज १२ गतेदेखी १६ दिने आन्दोलनको घोषणा गरेको छ ।
उनीहरुले २०४६ सालदेखी अस्थायी सेवा गरेर स्थायी भएका कर्मचारीहरुको ७५ प्रतिसत सेवाअवधि अस्थायी सेवामा गणना गरिनु पर्ने विकास समिति कर्मचारीहरुको स्तर वृद्धितथा वढुवा गरिनु पर्ने करार सेवामा कार्यरत कर्मचारीलाई आन्तिरिक प्रतियोगीतामार्फत स्थायी गरिनु पर्नेमाग राखेका छन ।

त्यस्तै अस्पताल बिकास समितिले विभिन्न दरवन्दी श्रृजनागरि अस्पताललाई भर्तीकेन्द्र वनाएकोले त्यो तत्काल बन्दगरिनु पर्ने अस्पतालको आम्दानी खर्च श्वेतपत्रमार्फत सार्वजानीक गरिनु पर्ने लुम्बिनी अञ्चल अस्पताललाई मेडिकलकलेजको रुपमा स्तरवृद्धि गरि केन्द्रीय अस्पतालले दिने सेवा सुविधा सुचारु गर्नुे पर्ने उनीहरुका माग रहेका छन ।

अस्पताल किास समितिका घोषीत आन्दोलनका कार्यक्रम वैसाख १२ देखी ७ दिनसम्म हातमाकालोपटी वाधेरकाम गर्ने आठौ दीनदेखी १५औ दिनसम्म अफिस अगाडि धर्नादिने र १६औ दिनसम्म पनि माग पुरा नभए अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यक्रम रहेको लुम्बिनी अञ्चल अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाले बताएका छन ।
आन्दोलनको सुरुकै दिन आन्दोलनरत कर्मचारीले लेखा शाखामा तालाबन्दी गरिदिएका छन तर उनीहरुले आफनोकाम लाई निरन्तरता दिएको अनुसासन समितिका संयोजक सुरेन्द्र पन्त क्षेत्रले बताए ।