सुरक्षा प्रमुखसहित गृह मन्त्री बस्नेत बुटवलमा, सुरक्षामा निकायलाई निर्देशन

245

सुरक्षा प्रमुखसहित गृह मन्त्री बस्नेत बुटवलमा, सुरक्षामा निकायलाई निर्देशन

finallllll

बुटवल,बैसाख ,गृहमन्त्री शक्तिबहादुर वस्नेतले मुलुकमा सरकार छैन भन्दै आलोचना गर्नेहरु लागी चुनौती दिनेगरि प्रहरीले आफ्नो भुमिकामा केहि कमि गर्न नहुने बताएका छन् । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक पर्ने सम्पूर्ण अधिकार सुरक्षा निकायमा निहित रहेकाले कोही कसैको दवाबमा नपरी कामगर्न वस्नेतले निर्देशन दिए ।

गृह मन्त्रालयद्वारा सोमवार बुटवलमा आयोजित क्षेत्रीय विशेष सुरक्षा गोष्ठीमा गृहमन्त्री वस्नेतले सुरक्षा निकायले आफनो दायित्व र कर्तव्यलाई आत्मसाथ गरी मुलुक र जनताको पक्षमा ईमान्दारीका साथ कामगर्न उनको आग्रह छ । उनले भने– ‘मुलुकमा आर्थिक विकास र सामाजिक सुशासन स्थापित गर्नुपर्ने दायित्व सुरक्षा निकाएको हो, आफ्नो दायित्व अनुरुप निर्धक्क कार्य सम्पादन गर्नुस् ।’

उनले मधेशी समुदायले आह्वान गरेको आन्दोलनको औचित्य नरहेको र उनीहरुले माग गरेका विषय संबिधानमा पुरा भैसकेकाले आन्दोलनलाई छोडी वार्ताद्वारा समाधान गर्न सकिने बताए ।
जनताको भावना विपरितका आन्दोलनले प्रश्रय नपाउने भन्दैं उनले आन्दोलनकारीले नै आन्दोलनको औचित्य पुष्टि गर्न नसक्ने दावी गरे । विशेष सुरक्षा गोष्ठीमा लुम्बिनी अञ्चलका ६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी प्रमुखहरु सहभागि थिए ।