देवदहमा तिन महिने बुटिक तालिमको समापन

592

देवदहमा तिन महिने बुटिक तालिमको समापन

ooooooo

देवदह,बैशाख । सहकारी नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने सांसद अव्दुल रज्जाकले बताउनुभएको छ । उहाले स्वदेशमा रहेका उत्पादनशिल वस्तुलाई पहिचान गरी स्वदेशमा नै लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहद्धारा आयोजित ३ महिने बुटिक तालिमको समापन गर्दै सासंद रज्जाकले उक्त कुरा बताउनु भएको हो । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सांसद रज्जाकले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र तालिमको औचित्य हुनेमा जोड दिनुभएको थियो ।

व्यावसायीक तथा विकास तालिम केन्द्र बुटवल र कृष्टिना एण्ड कृष्टल ईन्टरनेशनलको सहकार्यमा भएको तालिममा सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र घिमिरेले राज्यले सहकारी प्रतिको धारणा स्पष्ट पार्न नसकेको बताउनुभएको थियो । उहाले सहकारी भावनाले नचल्ने बताउदै यसका सिद्धान्तहरुलाई आत्मसाथ गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीक तथा विकास तालिम केन्द्रका प्रमुख वालकृष्ण पौडेल, सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र घिमिरे, सहकारीका संस्थापक सल्लाहकार तुल्सीराम शर्मा, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, संस्थाका सल्लाहकार जीवलाल पराजुली, ठाकुर घिमिरे तथा सहभागीको तर्फबाट लक्ष्मी रेग्मी लगायतले आ– आफ्ना भनाई राखेका थिए ।

देवदह क्षेत्रका करिव २५ जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण लक्ष्मी पाण्डेले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत र सचिव खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा उत्कृष्ट ३ जनालाई सम्मान पनि गरिएको थियो ।