सरकारी अस्पतालमा सय प्रतिशत सम्म शुल्क बृद्धि

1.3K

सरकारी अस्पतालमा सय प्रतिशत सम्म शुल्क बृद्धि

lummmmmmmmmmmबुटवल,बैशाक ।लुम्बिनी अञ्चल अस्पताल बुटवलले अप्रत्याशित रुपमा सेवा शुल्कमा बृद्धि गरेको छ । २०७३ बैशाख १ गते देखी परिमार्जित दर रेटमा अस्पतालले शुल्क लिन शुरु गरि सकेको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ र जनताको पहुचमा पुर्याउनु भन्दा पनी अति आवश्यकीय सेवामा अस्पतालले एकैपटक शत प्रतिशत सम्म सेवा सुल्क बृद्धि गर्नु उचित निर्णय हुन सक्दैन ।

सरदर १६ देखी ७७ प्रतिशत सुल्क बृद्धि भयको छ । सबै भन्दा बढि दन्त सेवामा बृद्धि गरिएको छ । दाँतको उपचार अन्र्तगत आईएम एफको २५ सय बाट ५ हजार फ्ल्याप सर्जरी ५ सय बाट १ हजार, एन्टिरियोर टिथमा ८ सय बाट १५ सय , डेन्टल माईनर सर्जरी मा २ सय बाट ४ सय मुल्य बृद्धि भएको छ । अपरेशन चार्ज मेजरमा ३ हजार बाट ५ हजार सगै धेरै जसो अपरेशनमा शुल्क बृद्धि गरीएको छ भने ल्याबमा पनी शुल्क बृद्धि भयको छ ।२०७२ चैत्र ७ गते बसेको अस्पताल बिकाश समितिको बैठकले सय प्रतिशत सम्म शेवा बृद्धि गनृे निर्णय गरेको हो । आम नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाउन नसकिहेको अवस्थामा एकाएक शुल्क बृद्धि गर्नु सामान्य नागरिको लागि दुखद कुर हो । यस क्षेत्रको सामान्य गरिब जनताले सेवा लिने महत्वपुर्ण अस्पतालमा नागरिको भावना बिपरित लुम्बिनी अञ्चल अस्पताल बिकाश समितिले शुल्क बृद्धि गरेको छ ।अस्पतालको वेभसाईटमा शुल्क बृद्धिको दर रेट राखियको छ के कारणले शुल्क बृद्धि गर्नु पर्यो खुलेको छैन । अस्पतालको आयव्यमा कुनै घाटा देखी दैन । आर्थिक बर्ष २०७२–०७३ को अर्धवार्षिक समिक्षामा ६ करोड १३ लाखको आम्दानी भयकोमा ४ करोड ८९ लाख खर्च भयको देखीन्छ । आखिर व्याय भन्दा आय बढि भयको अवस्थामा अस्पताल प्रसासनले किन सेवा सुल्क बृद्धि गर्योत । अस्पतालका मेडिकल रेकर्डर सुचना अधिकृत लक्षमीराज रेग्मी केही बर्ष देखी सुल्क समायोजन हुन सकेको थियन अहिले केही सेवामा शुल्क बृद्धि भयपनी कतिपय सेवामा सुल्क घटाएको बताउछन् ।

अस्पताल बिकाश समितिले शुल्क समायोजन गरि घटबढ गरे जस्तो देखाय पनी समग्रमा शुल्क बृद्धि ७७ प्रतिशत छ । अस्पतालको बिकाशमा काम गर्नु पर्ने अस्पताल बिकाश समिति सेवालाई चुस्त बनाउन सकेको छैन । जनताको स्वस्थ्य सेवाको अधिकारलाई थप भार थप्ने गरि गरियको निर्णय र्फिता गर्नुपर्छ । गत आर्थिक बर्षमा १ लाख २० हजारले ओपिडि बाट सेवा लियका थिए । यति ठुलो संख्यामा बिरामि उपचारको लागि आउने सरकारी अस्पताले जनताको भावनाको सम्मान गर्न सक्नु पर्छ नकी बिना कारण शुल्क बृद्धि गरी जनतालाई आर्थिक भार थप्नु हुदैन ।

तेसमा पनी पछिल्लो पटक डाक्टरी सेवाबाट रिटार भयको व्यत्ती अस्पताल बिकाश समितिको अध्यक्षमा आई सकेको अवस्थामा जनताले थप आशा गरेका थिय । यो शुल्क बृद्धिको निर्णयले जनतामा पर्न गयको थप आर्थिक भारलाई कम गर्न तर्फ ध्यान दिनु अस्पताल बिकाश समितिको दायीत्व हो । अस्पतालको आम्दानीलाई बढाउनु पर्छ भनी जनताले गरेको सहयोगको गुन तिर्न पनी नम्याउदै यो निर्णय आउनु दुखद पक्ष हो ।

अस्पतालको आर्थिक स्रोत यति बलियो हुदाँ पनी अस्पताल प्रसासान किन जनमुखी हुन सकेन । सेवालाई किन चुस्त दुरुस्त बनाउन सकेन तेस तर्फ ध्यान जानु पर्नेमा शुल्क बृद्धिमा लाग्नु अस्पताल बिकाश समितिको जिम्वेवारी पुर्ण काम हुनै सकेन । -विमल तिवारी