कर्मचारीहरुको आन्दोलनमा टे«ड युनियनको ऐक्यवद्धता

532

कर्मचारीहरुको आन्दोलनमा टे«ड युनियनको ऐक्यवद्धता

oooooooo
बुटवल बैशाक । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आन्दोेलनरत कर्मचारीको पक्षमा नेपाल टे«ड यनियन कांग्रेसले ऐक्यवद्धता जनाएको छ । लामो समयदेखि काम गरिरहेका कर्मचारीहरुको सेवा सुविधाकबो विषयमा अस्पतालले वेवास्ता गरेकोप्रति गंभिर ध्यानाकर्षण भएको भन्दै टे«ड युनियनले तत्काल कर्मचारीहरुसंग संवादगरि समस्याको समाधान गर्न विज्ञक्ती मार्फत माग गरेको छ । टे«ड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठद्धारा जारी गरिएको उक्त विज्ञक्तीमा अस्पतालमा कर्मचारीका समस्यालाई नजअन्दाज गरि नयां कर्मचारी भर्ना गर्न भन्दै विज्ञापन गरिएकोमा पनि आपत्ती जनाइएको छ । अस्पतालजस्तो संस्थामा राजनिति नगर्न आग्रह गर्दै तत्काल अस्पताल विकास समितिले गरेको कर्मचारी आवश्यकता खारेज गरि छलफलबाट मात्रै अघि बढ्न अन्यथा आफुहरु पनि कर्मचारीहरुको पक्षमा आन्दोलन गरि बढाउन वाध्य हुने उल्ल्ेख छ ।
विभिन्न ६ सुत्रियमाग राखि लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारीहरु विगत ३ दिनदेखि आन्दोलनमा उत्रिएका छन । लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारी युनियनको नेतृत्वमा भएको आन्दोलनमा उनीहरुले २०४६ सालदेखी अस्थायी सेवा गरेर स्थायी भएका कर्मचारीहरुको ७५ प्रतिसत सेवाअवधि अस्थायी सेवामा गणना गरिनु पर्ने विकास समिति कर्मचारीहरुको स्तर वृद्धितथा वढुवा गरिनु पर्ने करार सेवामा कार्यरत कर्मचारीलाई आन्तिरिक प्रतियोगीतामार्फत स्थायी गरिनु पर्नेमाग राखेका छन ।
त्यस्तै अस्पताल बिकास समितिले विभिन्न दरवन्दी श्रृजनागरि अस्पताललाई भर्तीकेन्द्र वनाएकोले त्यो तत्काल बन्दगरिनु पर्ने अस्पतालको आम्दानी खर्च श्वेतपत्रमार्फत सार्वजानीक गरिनु पर्ने लुम्बिनी अञ्चल अस्पताललाई मेडिकलकलेजको रुपमा स्तरवृद्धि गरि केन्द्रीय अस्पतालले दिने सेवा सुविधा सुचारु गर्नुे पर्ने उनीहरुका माग रहेका छन ।
आफुहरुका माग पुरा नभए अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यक्रम रहेको लुम्बिनी अञ्चल अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाले बताएका छन ।