पत्रकार सूर्यकुमार क्षेत्री रहेनन्

156

पत्रकार सूर्यकुमार क्षेत्री रहेनन्

surya

काठमाडौं/ब्रेन ट्युमरबाट पीडित पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ। केही समय अगाडि ट्युमरको शल्यक्रिया गराएका क्षेत्रीलाई फेरि गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो।क्षेत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा बिहीबार राति उपचारकै क्रममा निधन भएको नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोजराज अधिकारीले बताए।यसअघि वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले पत्रकार क्षेत्रीको १६ महिना अघि ब्रेन ट्युमरको शल्यक्रिया गरेको थियो।क्षेत्री नेपाल प्रेस युनियनका सचिव हुन्।क्षेत्रीको निधनमा युनियनले  दुख व्यक्त गरेको छ।