बुटवलको मालिका सहकारीले शनिबार बृहत रक्तदान गर्दै

366

बुटवलको मालिका सहकारीले शनिबार बृहत रक्तदान गर्दै

Blood-Danation
बुटवल  बैशाक । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले मालिका सहकारी संस्था लिमिटेड बुटवल १३ ले शनिबार वृहत रक्तदान कार्यक्रमको अयोजना गरेको छ । विगत ७ बर्षदेखि निरन्तर रुपमा रक्तदान गर्दै आएको सहकारीले यां बर्षको अवसरमा ८ औ रक्तदान कार्यक्रम शनिबार अयोजना गरेको हो । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुटवल १३ जनक फर्निचर परिसरमा कार्यक्रमको अयोजना गरिएको सहकारीका अध्यक्ष सुर्य शर्मा सुवेदीले बताउनु भयो । पाच सय ३१ जना शेयर सदस्य रहेको सहकारीका सबै सदस्य तथा स्थायिनलाई रक्तदान कार्यमा सहभागि हुन पनि उहांले आग्रह गरिएको बताउनु भयो । यस क्षेत्रकै ठुलो सहकारीले एक सय भन्दा वढि प्वाइृट रगत संकलन गर्ने लक्ष्य राखेको छ । विहान ८ बजेबाट हुने रक्तदान कार्यक्रममा सहभागि हुन सबैमा आग्रह गर्दै सहकारी व्यवस्थापन समितिका सदस्य तथा कार्यक्रम संयोजक अर्जुन कुवंरले रक्तदान जिवन दान भएको बताउनु भयो । हरेक स्वथ्य मानिसले रगत दान गर्न सक्ने भएकाले
इच्छुक सबैलाई रक्तादनमा सहभागि भईदिन पनि उहां आग्रह गर्नुृ भयो ।