पाल्पाली युवाको रुपन्देहीमा समाज

368

पाल्पाली युवाको रुपन्देहीमा समाज

copyrightबुटवल, बैशाख । पश्चिम पाल्पाबाट बिभिन्न शिलशिलामा रुपन्देहीमा आएका युवाहरुले भैरव युवा समाज रुपन्देही नामक संस्था स्थापना गरेका छन् ।
आपसी भाईचारा, सद्भाव अभिबृद्धि गर्ने तथा सुख–दुःखमा सहयात्रा गर्ने उदेश्यले संस्था स्थापना गरिएको समाजका तदर्थ समिति अध्यक्ष तुलबहादुर अधिकारीले बताउनु भयो ।
पश्चिम पाल्पाबाट रुपन्देहीमा आएर बिभिन्न पेशा व्यबसाय अपनाएका युवाहरुको शनिबार बुटवलमा भएको भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा वालनसिंह कुवँर (अनिल), सचिवमा धनबहादुर रायमाझी, सहसचिवमा दिनेश पोखरेल र कोषाध्यक्षमा वालदर गोदार रहनुभएको छ । त्यस्तैगरी समितिको सदस्यहरुमा सीता खनाल, दिपक खनाल, मुक्तिराम खड्का, अर्जुन कुवँर, रामबहादुर रायमाझी र रमेश नेपाल रहनुभएको छ ।
सोही भेलाले सहसचिव दिनेश पोखरेलको संयोजकत्वमा विधान निर्माण उपसमिति पनि गठन गरेको छ । बिधान निर्माण उपसमितिको सदस्यहरुमा कबिन्द्र नेपाल, बाबुराम नेपाल, कृष्ण कुवँर र जीवन अधिकारीलाई चयन गरिएको छ ।
यस अंगाडी अध्यक्ष अधिकारीको संयोजकत्वमा ५ सदस्यीय प्रस्ताव कार्यदल गठन गरिएको थियो । सो कार्यदलले संस्थाको नाम, तथा काम कर्तव्य र कार्यक्षत्र प्रस्ताव सहितको भेला गरेको हो ।
संस्था स्थापना पछि अध्यक्ष अधिकारीले संस्थालाई व्यबस्थित रुपमा अंगाडी बढाउने र संस्थाका सदस्यहरुलाई दुःख, अफ्ठ्यारो पर्दा सहयोग गर्नकालागि सामाजिक सुरक्षा कोष स्थापना गर्ने बताउनु भयो । साथै पाल्पासंग जोडिएर खुलेका संस्थाहरुसंग पनि सहकार्य गर्दै अंगाडी बढने उहाँले बताउनु भयो । भेलाले यहि बैशाख महिनाभरीमा सदस्यता लिनेलाई संस्थाको संस्थापक सदस्यमा मान्यता दिने निर्णय गरेको छ ।