बुटवल, बैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देही लागु औषध मुद्धामा एक जनालाई पक्राउ गरेको छ । तयसरी पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला भुमेडाडा कलाली गाबिस ५ का ३५ वर्षीय रामकुमार थापा रहेका छन् ।
भारतबाट आउँदै गरेका थापालाई शंकास्पद रुपमा पक्राउ गरि छानवीन गर्दा उनको शरीरबाट प्रहरीले ३५ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वार्ड नं. ३ आँखा अस्पताल नजिकै पैदल आउँदै गरेका उनमाथी प्रहरीले शंकास्पद रुपमा रोकेर खान तलासी गरेको थियो । खान तलासीको क्रममा उनले लगाएको पछाडीको खल्तीमा सो परिणाममा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान बढाएको पनि प्रहरीले जनाएको छ ।