मास्कीलाई पत्नी शोक

255

मास्कीलाई पत्नी शोक

बुटवल, २३ बैशाख । आदिवासी जनजाति पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष तथा पत्रकार टेक मास्की रानालाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी ३४ बर्षिय पार्बती रानाको उपचारको क्रममा काठमाण्डौमा निधन भएको हो । जन्डिसको जटिल समस्या देखिएपछि काठमाण्डौ स्थित मेडिकल कलेजमा रानाको उपचार चलि रहेको थियो । उपचारकै क्रममा उहाँको विहिवार दिउँसो निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
यसैबीच नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मास्की रानालाई पत्नी शोक परेको भन्दै दुःख ब्यक्त गरेको छ । फोनिजले एक विज्ञप्ति निकालेर शोकको घडिमा सम्पुर्ण शोकाकूल परिवारजन र आफन्तजन प्रति समवेदना ब्यक्त गरेको छ ।