मिष्ठान्न भण्डारमा अनुगमन, गुणस्तर सुधार गर्न सुझाव

1.3K

मिष्ठान्न भण्डारमा अनुगमन, गुणस्तर सुधार गर्न सुझाव

mithaiबुटवल, बैशाख । जिल्ला बजार अनुगमन समिति रुपन्देहीले जिल्लामा सञ्चालित मिष्ठान्न भण्डार सञ्चालकलाई उत्पादन, भण्डारण, तथा गुणस्तर सुधार गर्न सुझाव दिएको छ ।
बजार अनुगमन समितिले मातातिर्थ औसीलाई लक्षित गरेर शुक्रबार रुपन्देहीका बिभिन्न मिष्ठान्न भण्डारमा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा रँगको सही प्रयोग र मात्रा नभएको, सरसफाइमा कमी पाईएको, तौल र प्याकेजिंग चुस्त नभएको भेटिएकाले गुणस्तर र परिमाण दुवैमा उपभोक्ता ठगिन नहुने भन्दै यी बिषयमा तत्काल सुधार गर्न सुझाव दिईएको बजार अनुगमन समितिकी संयोजक सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनु भयो ।
जिल्ला बजार अनुगमन समितिले शुक्रबार बुटवलका गणपति मिष्ठान्न भण्डार, कस्तुरी मिष्ठान्न भण्डार र भैरहवाको माखनभोग मिष्ठान्न भण्डारमा अनुगमन गरेको थियो ।
जिल्ला बजार अनुगमन समितिकी संयोजक सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा वाणिज्य कार्यालयका प्रमुख बेदप्रकाश उपाध्याय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय खाद्य निरीक्षक देवेन्द्र पाण्डेलगायतको टोलीले बजार अनुगमन गरेको थियो ।