बुटवलमा होटल जोन बनाउन माग

600

बुटवलमा होटल जोन बनाउन माग

बुटवल, बैशाख । होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले पेशा प्रति ईमान्दार भै व्यवसायिक एकतामा जोड दिनुपर्ने औल्याएका छन । होटल व्यवसायीलाई पर्यटन व्यवसायको रुपमा स्थापित गर्नकालागि व्यवसायी एकता जरुरी रहेको उनिहरुको ठहर छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही मातहत संचालित नयाँ बसपार्क टोल समितीको शुक्रवार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा वोल्ने व्यवसायीहरुले बुटवलमा होटल जोनको आवश्यकता रहेको औल्याएका छन । कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार महेन्द्र श्रेष्ठले व्यवसायीलाई समस्या पर्दा मात्र संघ सस्था खोज्ने परिपार्टीको अन्त्य गरि व्यवसायिक एकतामा जोड दिनुभयो ।
होटल तथा रेष्टेरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले निर्वाचनको समयमा देखिएका तिक्ततालाई समाधान गरि व्यवसायीको संरक्षण र व्यवसायको मर्यादालाई उचो बनाउन लागि परेको धारणा राख्नु भयो ।
टोल समितीका संयोजक नन्दलाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतम, महासचिव बाबुराम गौतम, कोषाध्यक्ष रोमकान्त पाण्डे, सदस्यहरु माधव खनाल, कृष्ण पोखरेल, व्यवसायीहरु यज्ञमूर्ति भण्डारी ढुण्डीराज न्यौपाने, लिलामणि पंगेनी, मोहन पाण्डे, संघका पे्रस सल्लाहकार यमलाल भुसाललगायतले यस क्षेत्रमा होटल तथा रेष्टेरेण्ट व्यवसायमा लगानी बढदै गएकाले राज्यले व्यवसायीको लगानी सुरक्षित हुने किसिमले प्रोत्साहन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
शुक्रबार नै सम्पन्न अधिवेशसनले शेरजंग कुवरको संयोजकत्वमा ११ सदस्य नयाँ कार्य समिती चयन गरेको छ । जसको सहसंयोजकमा कृष्णप्रसाद पाण्डे, सचिवमा थमनबहादुर भण्डरी र कोषाध्यक्षमा मुरारी पाण्डे चयन हुनुभएको छ । समितीको सदस्यहरुमा पदम पाण्डे, लक्ष्मी वोहोरा, जिवन भण्डारी, नारायण पाण्डे, धना पौडेल, डिलाराम वसिष्ट र तुल्सीप्रसाद भण्डारीलाई सर्व सम्मत चयन गरिएको छ ।