परिवार दलको जिल्ला अधिवेशन सम्पन्न

1.3K

परिवार दलको जिल्ला अधिवेशन सम्पन्न

बुटवल,  बैशाख । नेपाल परिवार दल रुपन्देहीको प्रथम जिल्ला अधिवेशनले गणेश बरालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शुक्रबार बुटवलमा भएको अधिवेशनले उपाध्यक्षमा जानकी घिमिरे, चन्द्रसेन यादव, सचिवमा राजेन्द्र केसी, सहसचिवमा कमला चौधरी र कोषाध्यक्षमा प्रेम नेपालीलाई चयन गरेको हो ।
यस अंगाडी अधिवेशनको उद्घाटन गर्दै प्रदेश नं. ५ का संयोजक तथा केन्द्रीय सदस्य अशोककुमार चौधरीले पार्टीलाई संगठित गर्दै अंगाडी बढिरहेको बताउनु भयो । उहाँले पार्टीलाई संगठित गर्ने अभियानमा रुपन्देही जिल्लामो महत्वपूर्ण भुमिका रहने पनि बताउनु भयो ।
कार्यक्रममा पार्टीका कपिलबस्तु जिल्ला अध्यक्ष रागेन्द्र श्रीवास्तव, नेपाली कांग्रेसका प्रतिनीधि वालनसिंङ् गुरुङ्, भुवनसिंह विश्वकर्मा, सो पार्टीका प्रदेश नं. ५ का सचिव लोकबहादुर गिरी, हिमबहादुर केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।