बैज्ञानिक वन व्यवस्थापनका लागि कार्ययोजना तयार

1K

बैज्ञानिक वन व्यवस्थापनका लागि कार्ययोजना तयार

bannnबुटवल, बैशाख । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–५ रुपन्देहीले सामुदायिक वनको बैज्ञानिक ब्यवस्थापन सम्वन्धि नयाँ कार्य योजनाको विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
वन पैदावारको दिनानुदिन बढ्दो माग तथा विपन्न वर्गको सामाजिक रुपान्तरणलाई सहज तुल्याउन तथा सुशासन, दिगो एवं वैज्ञानिक वन व्यवस्थापन र जीविकोपार्जनलाई सम्बोधन गर्दै विद्यमान वन ऐन, नियमावली, सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शन र वन श्रोत सर्वेक्षण मार्गदर्शन अनुसार शंकरनगर सामुदायिक वनको बैज्ञानिक वन व्यवस्थापनका लागि कार्ययोजना तयार गरिएको छ । स्वीकृतिको लागि अन्तिम चरणमा रहेको सामुदायिक वनको बैज्ञानिक वन व्यवस्थापनमा आधारित परिमार्जित कार्ययोजनाका विषयमा कार्य समिति, लेखा समिति, तथा सल्लाहकारहरु संग छलफल तथा अन्तरक्रिया गरिएको हो ।
शंकरनगर सामुदायिक वन क्षेत्रमा रहेको मौजुदा बृद्धि उन्मूख वनस्पतिहरुलाई संरक्षण र संवद्र्घन गरी उपयुक्त वातावरण प्रदान गर्ने, कमजोर अवस्थाको वन र खाली स्थानमा नयाँ विरुवा हुर्काउने, विरुवा र पोलको बाक्लो उपस्थित भई बृद्धि हुन नसकेको स्थानमा संवद्र्धन र उपयूक्त उपचार विधि मार्फत थप वृद्धिको अवसरको सृजना गर्दै सम्पूर्ण वन क्षेत्रलाई क्रमशः उत्पादनमूखी वनमा रुपान्तरण गर्ने उद्धेश्यले बैज्ञानिक वन ब्यवस्थापन गर्न लागिएको हो ।
वन व्यवस्थापनको माध्यमबाट नियमित रुपमा वन पैदावारको आवश्यकता पुरा गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने तथा स्थानीय जनताको आय आर्जन तथा रोजगारीका अवसरहरु सिर्जना गरी जिवीकोपार्जनमा सुधार ल्याउने विषयहरु वन व्यस्थापनमा कार्ययोजनामा समेटिएको छ ।अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै सहायक वन अधिकृत बसन्त वावु श्रेष्ठले विगतमा वनको संरक्षण मात्र भएको तर भावि सन्ततिको लागि निरन्तर रुपमा वन पैदावार प्राप्त गरी राख्ने सुनिश्चितता नभएको अनुभवलाई समेटेर कार्य योजनामा नयाँ सन्ततीको वन तयार गर्ने खाकाका साथै वन व्यवस्थापनको माध्यमबाट नियमित रुपमा वन पैदावारको आवश्यकता पुरा गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने तथा स्थानीय जनताको आय आर्जन तथा रोजगारीका अवसरहरु सिर्जना गरी जिवीकोपार्जनमा सुधार ल्याउने महत्वपूर्ण विषयहरु समावेस गरिएको वताउनु भयो । उहांले कति वर्षमा कुन स्थानमा कस्तो वन बन्ने सुनिश्चताका साथ वनको दिगोरुपमा व्यवस्थापन गर्ने प्रकृया र कार्यहरु समेत समावेस गरिएको बताउनु भयो ।
वनमा विरुवा देखि बालीचक्र अवधि सम्मका सबै उमेर समूहका रुख विरुवाहरुको उचित अनुपात सधै रहने गरी वनलाई दिगो एवं सतत् उत्पादनको क्षेत्र बनाई वातावरण एवं जैविक विविधताको संरक्षण गर्र्दै रोजगारी एवं आयआर्जनको अवसरमा वृद्धि गरी स्थानीय उपभोक्ताको सामाजिक तथा आर्थिक विकास मार्फत देशको अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष राखिएको छ ।
यो लक्ष प्राप्तिका लागि वनको बैज्ञानिक व्यस्थापनद्वारा काठ, दाउरा सरल र सुलभ तरिकाबाट आपूर्ति गर्ने, वन, वनस्पती, भू तथा जलाधार एवं जैविक विविधताको संरक्षण गर्ने, वनमा आधारित रोजगारीमा बृद्धि गर्ने र स्थानीय समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने, सामुदायिक वन क्षेत्रमा पर्या–पर्यटनको विकास, लघु उद्यमबाट वन पैदावारको सेवा विविधिकरण र मूल्य अभिवृद्धि गरी रोजगारीका अवसर बद्धि गर्ने तथा वन संबद्र्धनका उपायबाट कार्वनको सञ्चिति बढाउने तथा वैकल्पिक उर्र्जाको प्रयोगबाट कार्बनको उत्सर्जन घटाउँदै वातावरण संरक्षणमा टेवा पु¥याउने उद्धेश्य राखिएको छ ।
सामुदायिक वनको बैज्ञानिक व्यवस्थापन गरी यसका अल्पकालिन र दिर्घकालिन उद्देश्यहरु प्राप्त गर्नका लागि वनको दिगो व्यवस्थापन गर्न पुनरुत्पादन वढवा, पत्ल्याउने, झाडी सफाई र अग्नी पथ÷अग्नी रेखा निर्माण लगायतका वन सम्बद्र्घन कार्यहरु गरिनेछ ।
वन व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण कुरा वन सम्बद्र्घन प्रणाली अबलम्वन गर्ने भन्ने नै हो भन्दै सहायक वन अधिकृत श्रेष्ठले नेपालको तराईको सालको वनको विगतमा भएका विभिन्न अध्ययन अनुसन्धान लाई आधार मानेर सालको विरुवाबाट रुख तयार हुनका लागि ८० वर्ष समय लाग्ने उल्लेख भए अनुसार यो वनमा पनि बालीचक्र अवधी ८० वर्ष कायम गरिएको उल्लेख गर्नुभयो । त्यसैगरी कुनै स्थानमा पुनरुत्पादन कटान गरी सकेपछी उक्त स्थानमा सम्पूर्ण नयाँ विरुवाले ढाकी विरुवा हुर्केको अर्थात विरुवा लाथ्रा अवस्थामा पुग्नका लागि नेपालको तराईको वनमा ५ वर्ष अवधी लाग्ने भन्ने विभिन्न अध्ययन अनुसन्धानले देखाए पनि शंकरनगर सामुदायिक वनको हकमा जोखिम पक्ष कम गर्नका लागि पुनरुत्पादन अवधी १० वर्ष कायम गरिएको छ ।
यस वनमा पुनरुत्पादन अवधी १० वर्ष कायम गरिएकोले सम्पूर्ण वनलाई १०–१० वर्षको हिसाबले सकभर बराबर क्षेत्रफल हुनेगरी विभिन्न खण्डमा विभाजन गरिएको छ । यस्तै बालीचक्र अवधी ८० वर्ष भएकोले १०–१० वर्षका पुनरुत्पादन खण्डहरु बनाउँदा कुल वन क्षेत्रलाई ८ वटा आवधिक खण्डमा विभाजन गरी वनको ब्यवस्थापन गर्ने कुरा कार्ययोजनामा उल्लेख गरिएको अर्का सहायक वन अधिकृत गिरि प्रसाद गैरेले जानकारी गराउनु भयो । खास गरी खाली स्थानमा वृक्षारोपण गरी वनको हैसियतमा बृद्धि गर्ने, बुढा तथा सुकेका रुखहरु हटाई खाली क्षेत्रमा माटो सुहाउँदो चाँडो बढ्ने प्रजातिका विरुवाहरुको रोपण, संरक्षण, तारबार, अग्नी रेखा निर्माण, चोरी निकासी÷चरिचरण÷वन डढेलो नियन्त्रण लगायतका कार्यहरु बैज्ञानिक वन व्यवस्थापनका मुख्य उद्देश्य रहेका छन् ।
शंकरनगर सामुदायिक वन साल जातको बाहुल्यता भएको रुख अवस्थाको प्राकृतिक वन रहेको र वनको क्षेत्रफल जि.पि.एस. बाट नापी गर्दा ५८४.५६ हेक्टर कायम हुन आएको छ । सामुदायिक वन समूहमा हाल तिलोत्तमा नगरपालिका वार्ड नं. १ देखि ५ सम्मका ३ हजार ३७ घरधुरीहरु समावेश रहेका छन् ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष राम गिरीले वनको बैज्ञानिक ब्यवस्थापन चुनौतीपुर्ण कार्य भएकोले एकल प्रयासले मात्र सम्भव नहुने भन्दै यसलाई सफल वनाउन आम उपभोक्ताको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।