बुटवल, बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयका प्रमुख एसपी उमेशराज जोशीले भ्रष्टाचार रोक्न सबैले आफैबाट शुरु गर्नुपर्ने बताउनुभएको छ । बुटवल जेसीज–२०१६ को दोस्रो साधारणसभामा प्रमुख बक्ताको रुपमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयका प्रमुख जोशीले दैनिक आचारण बोली ब्यवहारले कतै भ्रस्टाचारलाई बडबा त दिएको छैन भन्ने कुरामा सचेत रहनुपर्ने बताउनु भयो ।
भ्रष्टाचार जहिले, जहाँ पनि हुनसक्ने भएकोले त्यसको अन्त्य गर्नको लागि समाजका सबै सरोकारवाला बिच समन्वय, सहकार्य हुनुपर्ने बताउदै उहाँले भ्रष्टाचार रहित समाज निर्माण गर्न युवाहरुको भुमिका झन् महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । बिधीको शासनको वकालत गर्ने अन्तर्राष्टिय संस्था जेसीजको अझै बढी जिम्मेवारी रहेको बताउनु भयो ।
साधारणसभामा बुटवल जेसीजका अध्यक्ष राजु पौडेलले भ्रष्टाचार रहित समाज निर्माण गर्नकालागि जेसीजले भूमिका निर्वाह गर्ने बताउँदै भ्रष्टाचारी समाज खाने धमिरा भएकाले तिनीहरुको पहिचान गरि अख्तियारलाई सुसूचित गर्न कुनै कसर बाकी नराख्ने बताउनुभयो ।
साधारणसभामा बुटवल जेसीजले हालसम्म सम्पन्न गरेका विभिन्न कार्यक्रमका प्रतिबेदन प्रस्तुत गरिएको थियो । भएका बिभिन्न कार्यक्रमका संयोजकहरुले साधारणसभामा प्रस्तुत गरिएका प्रतिबेदन उपर गहन छलफल गरि शंसोधन सहित पारित गरिएको थियो । त्यस्तै गरी जेसिजले निर्धारण गरेका कार्यmमकालागि संयोजक तय गरेर जिम्मेवारी प्रदान गरिएको छ ।
प्रभावकारी भाषणकला तालिमको लागि बुटवल जेसिजका सन्चार निर्देशक अर्जुन ज्ञवाली, स्वास्थ्य शिविर सन्चालनको लागि तेजलाल आर्चाय(अर्जुन) र कर तथा लेखा तालिमको लागि केशव श्रीषलाइ संयोजकको जिम्मावारी दिइएको हो ।
बुटवल जेसीजका अध्यक्ष राजु पौडेलको सभापतित्व, सन्तोष पछाइको स्वागत, फर्शुराम भट्टराईको धन्यवाद एवम् महासचिव राजेन्द्र घिमिरेको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो ।