नवलपरासी, २५ बैशाख ।
नवलपरासीका दुई छुट्टा छुट्टै स्थानमा दुई पुरुषको वेवारिसे शव फेला परेको छ । नवलपरासीको दुम्किबास १ मा शनिबार बिहान एक पुरुषको बेवारिसे शव फेला परेको थियो । ईलाका प्रहरी कार्यालय नयां बेलहानीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले दिनुभएको जानकारी अनुसार दुम्किबास १ दाउन्ने डिबी पेट्रोल पम्प नजिकै रहेको कल्भर्ट मुनि अन्दाजी ३५ बर्षको पुरुषको वेवारीसे शव फेला परेको हो । शवको टाउको नभएको र शरीर पनि गलिसकेको छ ।
त्यस्तै नवलपरासीको कावासोती नगरपालिका १३ पिठौलीमा अर्का एक पुरुषको वेवारिशे शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ४० वर्षको जस्तो देखिने परुुषको नारायणी नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव सेतो सेन्डो र कालो पाईन्ट लगाएको भेटिएको प्रहरीले बताएको छ । यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा जगंलमा गएराति बिग्रिएर रोकि राखेको ट्रकमा कार ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तिन जना घाईते भएका छन । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दु ७ चोरमारामा जगंलमा बिग्रिएर रोकिराखेको बा १ क २० ४६ नम्बरको ट्रकमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको एम. एच. ४७ एस. २४ ९३ नम्बरको भारतिय नम्बर प्लेटको कार ठोकिन पुग्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी कारमा सवार भारत महाराष्ट्र बस्ने अन्दाजि बर्ष ३५ का अभचन यादवको उपचारको क्रममा भरपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै सोहि दुर्घटनमा परी भारत मुम्बई घर भएका योगेश भट्ट, भारत लक्ष्मिपुरका दिलिप सोनी र जितेन्द्र पाल सिंह घाईते भएका छन । घाईते मध्य भट्टको अवस्था गम्भिर रहेको र घाईते तिनै जनाको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।