खुला मञ्चमा बिप्लपको सम्बोधन !

371

खुला मञ्चमा बिप्लपको सम्बोधन !

 

biplovबैसाख २६

नेकपा माओबादीले आउदो जेठ ७ गते  काठमाडौंमा
जनप्रदर्शन तथा सभा गर्ने भएको छ । महानजनयुद्दका सहिदहरुको स्मृति ,बेपता र घाईते योद्दाहरुको सम्मानमा आयोजित सभा लाई झन्डै एघार महिनापछि नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द(बिप्लप)ले सम्बोधन गर्दैछन ।

एघार महिना यता कुनै सार्बजानिक कार्यक्रममा नदेखिएका बिप्लपले जेठ सात गतेको सभालाई भने सम्बोधन गर्ने भएका हुन । जनसभाका लागि माओबादीले कतिपय जिल्लाबाट युबा जनशक्ति काठमाडौ ल्याउने तयारी समेत गरेको छ ।
पछिल्ला एकबर्ष यता भुकम्प,नाकाबन्दि,सँसदिय पार्टिहरुमा देखिएको अराजक गतिबिधि लगाएतका बिषय लाई लिएर बिप्लपले सम्बोधन गर्ने जनाइएकाे छ।
माओबादी आन्दोलन लाई धरासायि गराएको आरोप सहित प्रचण्ड माओबादी बाट फुटेर बैध माओबादी हुदै बैध भित्र पनि क्रान्तिकारी गतिशिलता नदेखाएको भन्दै बिप्लपले छुट्टै माओबादी गठन गरि जनयुद्दकालका गतिबिधि सहितका सर्घसका कार्यक्रम समेत गर्दै आएको छन ।