आमा समुहको पहलमा उद्घोषण तालिम

721

आमा समुहको पहलमा उद्घोषण तालिम

aama samuhahaa

बुटवल,बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वाडा न ११ को ज्योतिनगरमा आजबाट उद्घोषण तालिम शुरु भएको छ ।
नव ज्योती आमा समुहको आयोजना तथा तिलोत्तमा नगरपालिकको आर्थिक सहयोगमा तालिक शुरु भएको हो । आमा समुहमा आवद्ध महिलाहरुको वाक क्षमता बृद्धि गर्नका लागि अयोजना गरिएको तालिकमा झण्डै ४० जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको एक समारोहकाविच तितोत्तमा नगरपालिकका अधिकृत सिता भण्डारीले उद्घाटन गर्नु भयो । सो अवसरमा अधिकृत भण्डारीले महिल दिदि वहिनीहरु पनि अवसर पाए सबै क्षेत्र को नेतृत्व गर्न सक्ने भएकोले उनिहरुलाई अवसरको खांचो रहेको बताउनु भयो । कार्यक्रममा बिशिष्ट अतिथि नेपाली कांग्रेस नगर सभापती हरिलाल पाण्डेले महिला दिदि वहिनीहरुलार्इै वाक क्षमता विकास गर्न र नगरकै नमुना आमा समुहका रुपमा विकास गर्नका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।

aama samuhahaaaa
आमा समुहका अध्यक्ष मिना पाण्डेको अध्यक्षता सरिता भण्डारीको संचालन तथा माया पाण्डे को स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपा एमालेका कृष्ण वहादुर अधिकारी, एमाओवादीका हेमलाल पाण्डे, राप्रपाका रुक्मागत गै्रे लगायतले बोल्नु भएको थियो ।