सामान्य प्रशासन मन्त्रीलाई अञ्चल अस्पतालको ज्ञापन, रोकिएको फाईल अंगाडी बढाईदेउ

612

सामान्य प्रशासन मन्त्रीलाई अञ्चल अस्पतालको ज्ञापन, रोकिएको फाईल अंगाडी बढाईदेउ

DSC05195बुटवल, बैशाख । लुम्बिनी अञ्चल अस्पतालको स्तर बृद्धिको फाईल सामानय प्रशासन मन्त्रालयमा रोकिएको भन्दै लुम्बिनी अञ्चल अस्पताल बिकास समितिले फाईल अंगाडी बढाउन सामान्य प्रशासन मन्त्री रेखा शर्मालाई आग्रह गरेको छ ।
सोमबार बुटवलमा आउनु भएकी मन्त्री शर्मालाई अस्पतालमा स्वागत गर्दै बिकास समितिले फाईन अंगाडी बढाउन आग्रह गरेको हो । अस्पताल बिकास समितिका अध्यक्ष डा. प्रायश्चित श्रेष्ठले अस्पतालमाको क्षमता भन्दा धेरै बिरामी उपचारको लागि आउने भएकाले यथासिघ्र स्तरबृद्धि आवश्यक रहेको मन्त्री शर्मालाई जानकारी गराउनु भयो ।
अस्पताल बिकास समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री शर्माले सो अस्पतालको स्तरबृद्धिका गर्नु तड्कारो आवश्यकता रहेको भन्दै आफ्नो स्थानबाट पूर्ण रुपमा सहयोग हुने बताउनु भयो । ‘गर्न नहुने र नपर्ने कारण नै छैन ।’ उहाँले भन्नुभयो–‘प्राविधिक कारणले केही ढिला भएको हो ।’ उहाँले अस्पतालको स्तर बृद्धि र पूर्वाधार बिकास मात्रै भन्दा पनि अस्पतालले आन्तरिक व्यबस्थापनलाई चुस्त बनाउँदै गुणस्तरीय सेवा प्रवाहकालागि आग्रह गर्नुभयो ।
अस्पतालले प्रवाह गर्ने इमरजेन्सी, बहिरङ्ग, अन्तरङ्ग र प्रतिकारात्मक एवं प्रवर्धनात्मक सेवाहरुमा वार्षिक रुपमा आउने २ लाख बिरामी मध्ये इमरजेन्सी बिभागमा ४४ हजार बिरामीहरु मध्ये १४ हजारलाई पनि नपुग्ने अन्तरङ्ग शैया क्षमता (सय शैया) सरकारले उपलव्ध गराएकोले बाँकी ३० हजार बिरामीले अन्तरङ्ग शैया नपाएर वरिपरी छटपटिएर रहेका हुनाले उनीहरुको उपचारको लागि ५ सय शैया क्षमतामा यस अस्पताललाई स्तरबृद्धि गरी दिन अनुरोध गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिकास देवकोटाले बताउनु भयो ।
२०७२ साल चैत १६ गते स्वास्थ्य मन्त्रालयले लुम्बिनी अञ्चल अस्पताललाई सय शैयालाई तीन सय शैया बनाउने, संगठन तथा व्यबस्थापन सर्वेक्षण प्रतिवेदन कार्यदलको बैठकको निर्णय र मन्त्री स्तरको निर्णयको प्रतिलिपी अर्थ मन्त्रालयलाई पठाएको थियो । त्यस्तैगरी अर्थमन्त्रालयले चैतको १८ गते अर्थले अनुमोदन गरेर सामान्य प्रशासन मन्त्रालयमा अनुमोदनको लागि पठाएको थियो । सो फाईल सामान्य प्रशासनमा अड्कीएको र त्यसलाई तत्काल अंगाडी बढाउन माग गरिएको हो ।
लुम्बिनी अञ्चल अस्पतालले अञ्चलका ६ जिल्ला, गण्डकीको स्याङ्गजा जिल्लाका पश्चिम दक्षिणको केहि भाग, धवलागिरी र राप्तीलगायत नेपालका १३ जिल्लामा बसोबास गर्ने करिब ६० लाख मानिसलाई टर्सियरी लेवलको चिकित्सकीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अस्पतालले जनाएको छ ।
आवश्यक बेड संख्या, औजार उपकरण, र जनशक्तिको अभावको कारणले ठूलो संख्याका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न बाधा आएकोले अस्पतालको स्तरबृद्धि बाहेक अन्य उपाय नभएको बिकास समितिका अध्यक्ष डा. श्रेष्ठ र मेडिकल सुपरिटेण्डेन्ट डा देवकोटाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।