अण्डा उत्पादक संघको साधारण सभा सर्यो

381

अण्डा उत्पादक संघको साधारण सभा सर्यो

eggबुटवल, लुम्बिनी अण्डा उत्पादक संघको सुक्रबार बसेको बैठकले संघको साधारण सभा तथा अधिवेशन अर्को शनिबारलाई सारेको छ । यस अंगाढी संघले संस्थाको पहिलो साधारण सभा तथा अधिवेशन २५ गते शनिबारलाई तय गरेको थियो । संघ बैठकले अव संघको साधारण सभा तथा अधिवेशन आगामी जेठ १ गते गर्ने निर्णय गरेको हो ।
साधारण सभा तथा अधिवेशनको तयारी पुरा नभएको कारण पूर्व निर्धारित मिति सार्नु परेको संघका अध्यक्ष आनन्द भट्टराईले बताउनु भयो । त्यस्तैगरी संघको साधारण सभा तथा अधिवेशनको तयारीकालागि आईतबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्नकालागि प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता लोकप्रसाद खरेललाई मनोनित गर्नुका साथै साधारण सभा तथा अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने पनि निर्णय गरेको छ ।
बैठकले कुखुराको अण्डाको भाउमा पुन बृद्धि गरेको छ । अँघिल्लो हप्ता १ हजार ८ सय रुपैंया निर्धारण गरेको कुखुराको अण्डाको मुल्य बृद्धि गरि प्रति पेटी १ हजार ९ सय ५० रुपैयाँ पु¥याएको हो । यो फारम रेट हो । उत्पादन लागत बढेको, अण्डाको माग बढी भएको तथा उत्पादन घटेको कारण देखाउँदै मुल्य बृद्धि गर्नु परेको अध्यक्ष भट्टराईले बताउनु भयो ।