सुर्य कुमारको सम्झनामा बुटवलमा शोक सभा

219

सुर्य कुमारको सम्झनामा बुटवलमा शोक सभा

surya-kumar-kshetri-13-th-day
बुटवल,बैशाक । नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षत्रीको निधन भएको १३ दिनको पुण्य तिथीमा नेपाल प्रेस युनियन रुपन्देहीले शोकसभा गरेको छ ।
शोकसभामा बोल्ने वक्ताहरुले सूर्यकुमार बहुप्रतिभाको धनि भएको उल्लेख गर्दै उहाँको निधनले प्रेस जगतमा मात्रै नभएर साहित्य, तथा संगित क्षेत्रमा ठूलो क्षेती पुगेको औंल्याएका थिए ।
शोकसभामा बोल्दै नेपाल प्रेस युनियनका सल्लाहकार तथा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले निधन अनिवार्य भएपनि क्षेत्रीको निधन अस्वाभाविक भएको उल्लेख गर्नुभयो । बहुप्रतिभाका धनी क्षेत्रीको निधनले मुलुकले अव्वल युद्धा गुमाएको विश्लेषण पनि उहाँले गर्नुभयो ।
त्यस्तै गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक ज्ञवालीले संघर्षपूर्ण पत्रकारिता जीवन बिताएपनि श्रमजीवि पत्रकारको नियती रित्तो हात रहेकाले अवका दिनमा अरु पत्रकारको नियती दोहोरिने व्यबस्थाको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।
युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको शोक सभामा युनियन रुपन्देहीका सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य रामराज पोखरेल, सल्लाहकार डायलशन अधिकारी, नेपाली कांग्रेस रुपन्देहीकी सदस्य मायाँ गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुवँर, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, क्रान्तिकारी पत्रकार संघ रुपन्देहीका अध्यक्ष भुवन कार्की, प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्याम पोखरेल, डव्लुडव्लु जेकी अध्यक्ष भगवती पाण्डे, क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीका अध्यक्ष प्रकाश डुम्रे, रिपोटर्स क्लवका प्रकाश खनाल, राजेन्द्रजंग रायमाझी लगायतले शोक मन्तव्य व्यक्त गर्दै अहिले आम पत्रकारको नियती उस्तै भएको र यसलाई सुधार गर्नकालागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको पारिश्रमिक लागु गराउन तथा पेशालाई मर्यादित बनाउनु पर्ने धारणा राख्नुभएको थियो ।
युनियन रुपन्देहीका सचिव कबिन्द्र नेपालले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपसभापति रेखा भुसालले गर्नुभएको थियो ।