देवीनगरका २५ जना महिला भए आत्मनिभर

1K

देवीनगरका २५ जना महिला भए आत्मनिभर

13221500_2039174629640514_2134711859884963695_nबुटवल,बैशाख । मालिका बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा संचालित महिला सिप बिकाश कार्यक्रम अन्र्तगत हाते कडाई ९ बुटिक० तालिम सम्पन्न भयको छ । ६५ दिने बुटिक तालिमको बुघवार सहभागिलाई प्रमाण पत्र प्रदान गदै समापन गरिएको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्रनम्वर १ का सांसद अब्दुल रज्जाकले सिप सिकेको प्रमाण पत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रज्जाकले गरिबिको रेखामुनी रहेका परिवारलाई सिप सिकाउदै आर्थिक उर्पाजनमा लाग्ने खालका कार्यक्रमको आवश्यकता रहेको बतउनुभयो । सिकेको सिपलाई व्यवहारमा देखाउन सहभागिलाई उहाँले आग्रह गर्नुभयो । सहकारीलाई बचत संकलन र ऋण प्रवाह गर्ने मात्र नभई आर्थिक आय आयआर्जनको माध्यम बनाउनु पर्नेमा रज्जाकको जोड थियो । बिदेशिने युवाहरुलाई सिप सिकाई पठाउन सके आर्कषक सुबिधा पनी हुने हुदा तेस तर्फ ध्यान दिनु पर्छ । तालिममा २५ जना महिलाको सहभागिता रहेको थियो ।

13178946_2039174512973859_5096138997070944181_nसिकेको सिपलाई व्यवहारमा उर्तान व्यवसायिक तथा सिपबिकाश तालिम केन्द्रका प्रमुख बालकृष्ण पौडेलले तालिममा सहभागिलाई आग्रह गर्नुभयो । स्वरोजगार र रोजगारीको आवश्यक अन्य सहयोग गर्न आफ्नो कार्यालय तयार रहने पौडेलले प्रतिबद्धता गर्नुभयो । व्यवसायीक तथा सिपबिकाश तालिम केन्द्र र कृष्यटिना एण्ड कृष्टल ईन्टरनेशनल कन्सल्टेन्सीको सहयोगमा तालिम संचालन भयको थियो । मालिका सहकारिका अध्यक्ष सुर्य शर्मा सुवेदीको अध्यक्षताम भयको कार्यक्रममा ट्रेड युनियन काग्रेस रुपन्देही अध्यक्ष काजिमान श्रेष्ठ, सहकारि शिक्षा उपसमिति संयोजक गणेश प्रसाद पन्त र सहकारीका सचिव कपिल आर्चायले बोल्नु भयको थियो ।