कांग्रेस वडा कार्यालयको उद्घाटन,निति तथा कार्यक्रम प्रचारमुखी –रज्जाक

329

कांग्रेस वडा कार्यालयको उद्घाटन,निति तथा कार्यक्रम प्रचारमुखी –रज्जाक

index
बुटवल,बैशाक । नेपाली काग्रेसका रुपन्देही शभापती तथा सांसद अब्दुल रज्जाकले सरकारको निति तथा कार्यक्रम प्रचारवाजि भयको बताएका छन् । देशको बिकाश लाई तिव्रता दिने भन्दा पनी लोकप्रिय बन्ने नाममा सरकारले जनता झुक्याउने खालको निति तथा कार्यक्रम ल्यायको रज्जाकले आरोप लगाए । चिन संग पारवाहन सम्झौता गरेर गर्व गर्ने सरकारले एक बर्ष देखी बन्द रहेको तातोपानी नाका खोल्न नसक्ने र चर्को चर्को सोरमा
भाषण मात्र गरेर देश परिर्वतनको कार्यक्रम प्रस्तुत गर्नुको अर्थ नहुने रज्जाकको भनाई थियो । भारत र चिनले नेपालको लिपुलेक माथी हस्तक्षयप गर्दा भारत र चिनको भ्रमणमा कुनै कुरा उठाउन नसक्ने सरकारले आफुलाई राष्ट्रबादि दावी गर्नु खोक्रो राष्ट्रवाद हो सांसद रज्जाकले भने । छिमेकि संगको सम्बन्ध सुधार गर्नु भन्दा झझन बिग्रदो अवस्थामा पुगेको छ सरकार संबेदनशिल छैन । सरकारका मन्त्री भाषणमा छिमेकि देशको चर्को बिरोध गर्ने अनी बिदेशिको झन्डामुनी बसेर गोप्य भेट गरेर राष्ट्रियता बलियो हुन नसक्ने उनको भनाई थियो । बजारमा कालोबजारी मौलयको छ, संबिधान कार्यान्वयनमा जान सकेको छैन, मधेशको आन्दोलनले टुन्गो पायको छैन, पेट्रोलियम पर्दाथको अभाव छ यस्तो अवस्थामा काग्रेस यो सरकारको बिकल्प खोज्नु पर्छ भन्ने पक्षमा छ । लोकतन्त्र बिरोधिहरुको गठबन्धन यो सरकारले लोकतान्त्रिक संबिधान कार्यान्वयन गर्छन भन्नु गलत हुने भन्दै रज्जाकले यहि सरकार लामो समय रहिरहदा लोकतन्त्रनै अप्ठ्यारोमा पर्ने खतरा रहेको दावी गरे । सरकारले बिना तयारी स्थानिय निकायको निर्वाचनको मिति घोषण गरेको भन्दै रज्जाकले टुक्रियका जिल्ला र अन्य क्षेत्रको सिमाङ्कन नगरी कसरी स्थानिय निर्वाचन सम्भव हुन्छ । काग्रेस छिटो भन्दा छिटो स्थानिय निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताउदै उनले पहिले आवश्यक तैयारीमा ध्यान दिन सरकारलाई आग्रह गरे । नेपाली काग्रेस रुपन्देही बुटवल उप–महानगरपालिका वडानम्वर १३ को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै रज्जाकले स्थानिय निकायको निर्वाचनको लागि तैयार रहन कार्यकर्तालाई आग्रह गरे । नेपाली काग्रेस बुटवल १३ का शभापती चित्र बहादुर बर्माको अध्यक्षताम भयको कार्यक्रममा क्षेत्रनम्वर ४ का क्षेत्रीय सभापती हरी लम्साल, क्षेत्रीय सदस्य हरिषचन्द्र गौतम, बुटवल उप–महानगर शभापती खेलराज पाण्डे, महासमिति सदस्य काजिमान श्रेष्ठले भनाई राखेका थिए । कार्यक्रममा पाटी कार्यलयको लागी नगर सदस्य संकर टण्डन र क्षेत्रीय सदस्य साबित्रा टण्डनले आफ्ने घरमा निःशुल्क कार्यालय उपलब्ध गाराएकोमा जिल्ल शभापती अब्दुल रज्जाकले सम्मान गरेका थिय । कार्यक्रमको संचालन नगर सचिव दुर्गा बहादुर खत्री र स्वागत नगर उप–शभापती कृष्ण बहादुर जिसीको रहेको थियो ।