पाल्पामा ट्याक्टर पल्टिँदा १ को मृत्यु

460

पाल्पामा ट्याक्टर पल्टिँदा १ को मृत्यु

पाल्पा, बैशाख । पाल्पाको दर्लमडाँडा गाविस ५ (कोलडाँडा) मा ट्याक्टर पल्टिँदा १ जनाको ज्यान गएको छ । ज्यान जानेमा दर्लमडाँडा ५ घर भएका १९ वर्षिय प्रकाश गैरै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताउनु भयो ।
बारीमा मकै छर्न जेत्ने क्रममा ट्याक्टर पल्टिएको हो । ट्याक्टरका हेरालु गैरेलाई बारीको कुनामा बसीरहेको अवस्थामा माथिबाट च्याँपेको हो । चालक भने सकुशल अवस्थामा फरार रहेका छन् । मृतक गैरेको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल पाल्पामा ल्याईएको छ ।