ज्योतीनगरमा उदघोषण तालिम सम्पन्न

1.3K

ज्योतीनगरमा उदघोषण तालिम सम्पन्न

13094355_10209644047567358_1518038738542558178_n

बुटवल, बैशाक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वाडा न ११ को ज्योतिनगरमा अयोजना गरिएको उद्घोषण तालिम आज विहिबार सम्पन्न भएको छ । तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टिकाराम ज्ञवालीले सिकेका सिपहरु व्यवहारमा लागु गर्न आग्रह गर्दै सिक्ने कुरा मान्छेको इच्छा शक्तिमा भर पर्ने बताउनु भयो । उहांले नगरपालिकाको आधार स्तम्भ भनेका नगरवासी भएकोले उनिहरुको आड भरोसा विना चल्न नसक्ने बताउनु भयो । समाजमा पछि परेका समुदाय तथा ग्रमिण क्षेत्रका वस्तीहरुको अधिकार तथा अवसरका लागि आफु सक्रिया रहने विश्वास व्यक्त गर्नु भयो ।

13226849_10209644041927217_6569814743439708456_nनव ज्योती आमा समुहको आयोजना तथा तिलोत्तमा नगरपालिकको आर्थिक सहयोगमा सम्पन्न भएको तालिम समापन समारोहमा वोल्दै राजनितिक दलका प्रतिनिधिहरुले
आमा समु्हमा आवद्ध महिलाहरुको एकता र सक्रियाता उदाहरणिय रहेको बताएका थिए ।
आमा समुहका अध्यक्ष मिना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापती हरिलाल पाण्डे, नेकपा एमालेका कृष्ण वहादुर अधिकारी, एमाओवादीका हेमलाल पाण्डे, राप्रपाका रुक्मागत गैरे, प्रशिक्षक बिक्रम खड्का,प्रशिक्षर्थीहरु पार्वती पाण्डे,सुनिता पराजुली,सरिता भण्डारी, सिता पाण्डे लगायतले बोल्नु भएको थियो । तालिममा ४५ जना महिलाहरुको सहभागिता रहेको थियो । तिलोत्तमा नगरपालिकको आर्थिक सहयोगमा भएको तालिमबाट महिलाहरुको भाषणकला अभिबृद्धि भएको आयोजकले बताएका छन ।