नायिका गरिमा पन्त वैवाहिक बन्धनमा, ७ लाख नेपाली रुपियाको अक्षयकोष स्थापना गर्ने

792

नायिका गरिमा पन्त वैवाहिक बन्धनमा, ७ लाख नेपाली रुपियाको अक्षयकोष स्थापना गर्ने

ब्रसेल्स/बेल्जियम

नेपाली नायिका गरिमा पन्त वैवाहिक बन्धनमा बाधियकि छिन | लामो प्रेम पश्चात गरिमाको  बेल्जियम निवासी ब्यबसायी हरि शर्मा थपलिया संग कानुनीरुपमा विवाह भयको छ |

गरिमाले आफ्नो फेसबुक मार्फत आफुहरु बिहे बन्धनमा बाधियको बताउदै ७ लाख नेपाली रुपियाको अक्षय कोष खडा गरेको घोषणा गरेकी छिन | जेहेन्दार तर गरिब बिद्यार्थीको सहयोगको निम्ति उक्त रकमको अक्षय कोष खडा गरेकी हुन् |

”म आफैले प्राथमिक शिक्षा आर्जन गरेको मित्रता उच्च मा.बि र मर्स्याङ्गदि सामुदायिक बिद्या मन्दिर नि.मा.बि .बिध्यालयमा बुबा इन्द्रबहादुर पन्त र पुजनिय आमा माया पन्त को संयुक्त नाममा “गरिब/जेहन्दार विद्यार्थी सहायता अक्षयकोष” स्थापना गर्ने निर्णय गरेका छौ र सो रकम दुबै बिद्यालयमा आदि-आदि हुने गरि हस्तान्तरण गर्ने घोषणा गर्दछौ|” पन्तले बतायकी छिन |garima 2 garima

केहि महिना अघि नायिका गरिमा पन्तले व्यवसाय सुरु गरि सकेकी थिइन् । श्रीमान हरि शर्मा थपलियासँगै बेल्जियममा उनले व्यवसाय सुरु गरेकी हुन् । उनीहरुले ४ महिना अघि जापानिज सुसी रेस्टुरेन्टको सुरुवात गरेका हुन् ||

झण्डै दुई बर्षअघि नायिका नन्दिता केसी र गायिका रिमा गुरुङ होडाका साथमा गरिमा युरोपको सांस्कृतिक कार्यक्रममा भाग लिन बेल्जियम आएको बेलामा हरिसँग गरिमाको भेट भएको थियो । गैर आवासीय नेपाली हरि विगत लामो समयदेखि बेल्जियम बस्दै आएका छन् । थपलियाले आफुहरुको बिहे पहिलेनै भैसकेको बतायपनी गरिमाले भने अहिले मात्रै कानुनी रुपमा बिहे भयको जानकारी सार्वजनिक रुपमा गरायकी छिन | थपलियाको गरिमा संग दोस्रो बिहे रहेको छ |

फोटो गरिमा पन्तको फेसबुकबाट