समाचार प्रभाव :एन आर एन पोर्चुगलका प्रवक्ता हेमराज सुबेदीले रकम फिर्ता गरे

1.3K

समाचार प्रभाव :एन आर एन पोर्चुगलका प्रवक्ता हेमराज सुबेदीले रकम फिर्ता गरे

लिस्वन/पोर्चुगल

समाचार प्रकाशित पछि एन आर एन पोर्चुगलका प्रवक्ता हेमराज सुबेदीले ७ सय ५० युरो रकम पिडित नेपालीलाई फिर्ता गरेका छन | बिभिन्न काण्डमा मुछिदै आयका सुबेदीले सोसल सेगुरान्स बनाईदिने भन्दै लियको रकम ४५ दिन पछि फिर्ता गरेका हुन् | पत्रकारहरु गणेश पाण्डे र दिपक खतिवडाको रहोबरमा सुबेदीले उक्त रकम पिडितहरुलाई बुझायका हुन् |

पोल्याण्ड हुदै पोर्चुगलको राजधानी आइपुगेका हेमन्त भण्डारी सहितको रकम सुबेदीले खाइदियको समाचार केहि दिन अघि लुम्बिनी अनलाइनमा प्रकाशित भयको थियो | समाचार प्रकाशित पछि सुबेदीले आफुले गलत सोच राखेर उक्त कार्य नगरेको दाबि गर्दै आयका थिय |

‘मैले उनीहरुको रकम दुरुपयोग गरेको हैन बरु वोकिल मार्फत बनाइदिन खोज्दा यस्तो हुन् गयको छ |”प्रवक्ता सुबेदीले पत्रकारहरु समक्ष दाबि गरे |

पोर्चुगलमा व्यक्तिगत तरिकाले सोसल सेगुरान्स बनाउने कार्य पूर्णत गैरकानुनी रहेको छ | एन आर एनका प्रवक्ता यसरि विगत लामो समय देखि गैरकानुनी कार्यमा संग्लग्न रहदै आयका थिय | बिगत केहि समय अगाडी लिस्बन निवासी एक महिलाको रकम खाइदियको पनि बाहिर आयको थियो | यति मात्रै होइन सुबेदीले सामाजिक संजालमा आफ्नो पदीय मर्यादा बिर्सेर टिका टिप्पणी गर्दै आयका थिय |तर यी घटना बारे आफु गलत नरहेको उनको दाबि रहेको छ |

यो पनि पढ़नुस

 

https://www.lumbinionline.com/hemraj/