जेठ १३ मा प्रेस युनियन रुपन्देहीले साधारणसभा गर्ने

1.3K

जेठ १३ मा प्रेस युनियन रुपन्देहीले साधारणसभा गर्ने

nepal-press-union-rupandehia-768x634

बुटवल,  जेठ ।नेपाल प्रेस युनियन रुपन्देहीको साधारणसभा जेठ १३ गते बुटवलमा हुने भएकाे छ ।   युनियन रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले युनियनको स्थापना दिवसको दिन यहि साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभाको सम्पूर्ण तयारीका कामहरु गर्नकालागि पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । साधारण सभामा युनियनले प्रकाशन गर्दै गरेको श्रमजीवि स्मारिका समेत विमोचन गरिने छ भने स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा युनियन रुपन्देहीले स्थापना गरेको जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार समेत प्रदान गरिने छ ।

त्यसकालागि युनियनका सल्लाहकार तथा पूर्व सभापति खिमानन्द भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा युनियन रुपन्देहीका सभापति बिक्रम खड्का र युनियनका पूर्व केन्द्रीय सदस्य विष्णु भुसाल रहनु भएको छ ।  युनियन रुपन्देहीले जिपी कोईरालाई स्मृती पत्रकारिता पुरस्कार वितरणका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्यले श्रमजीवि स्मारिका प्रशासन गर्न लागेको हो ।

बैठकले स्मारिकामा बिज्ञापन उपलब्ध गराउने तथा अक्षयकोषको लागि आर्थिक सहयोग गर्ने सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

त्यसैगरी मिडियामा प्राविधिक क्षेत्रमा लामो समय सेवा गरेका श्रमजीविमध्येबाट प्रत्येक वर्ष एक जनालाई सम्मान गर्ने निर्णय गरिएको छ ।  बैठकले यस अंगाडी गरेको कामका बारेमा समेत समीक्षा गरेको छ ।