बुद्ध टेलिभिजनमा यो जिन्दगी प्रशारण हुने

632

बुद्ध टेलिभिजनमा यो जिन्दगी प्रशारण हुने

yo jindagiबुटवल,जेठ । पछिल्लो समय कलाकारितामा नाम कमाउँदै गएको बुटवलमा पारिवारिक टेलिश्रृखला निर्माण भएको छ । सामाजिक बिषयमा निर्माण गरिएको उक्त टेलिश्रृखला बुटवलमै छायाँकन तथा सम्पादन भएको हो । रेड एम्पल मिडिया प्रा.लि बुटवलले बुधबार बुटवलका एक कार्यक्रम गरि टेलीश्रृङखला ‘यो जिन्दगी’ शुभारम्भ गरेको छ । टेलिश्रृखलाको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिसीले विभिन्न टेलिभिजनहरुमा प्रशारण गरिने हाँस्य तथा अन्य सिरियलहरु बन्द हुँदै गएकोले यो जिन्दगी सिरियल सयौं वर्षसम्म निरन्तरण प्रशारण हुने आशा लिनुभयो । टेलीश्रृखला बुद्ध सामुदायिक टेलीभिजनबाट प्रशारण हुनेछ ।
उक्त सिरियल बुद्व टिभीमा प्रत्येक बुधबार साँझ ८ बजे प्रशारण हुनेछ । त्यस्तै पुन प्रशारण शुक्रबार दिउँसो १ बजे र सोमबार साँझ ५ बजे रहेको छ । कार्यक्रममा बुद्ध टिभीका प्रमुख कार्यकारी अधिकृत विष्णु भुसाल, प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ लगायतले बोल्दै निरन्तरता दिन सुझाव दिनुभएको थियो ।
रेड एम्पल मिडिया प्रालिका प्रबन्ध निर्देशक युवराज पाण्डेको अध्यक्षता, निर्देशक बाबुराम घिमिरेलको स्वागत तथा नमराज पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । युवराज खनाल निर्माता, विजय पोखरेल र बाबुराम घिमिरेको निर्देशन रहेको टेलिश्रृखलाको लेखन बाबुराम घिमिरे र युवाराज खनालले गर्नुभएको हो । सिरियलको छायाँकन विजय पोखरेल र व्यवस्थापन नमराज पाण्डे रहेका छन् ।