सजिलोको स्थापना दिवशमा सहकारी प्रशिक्षण

596

सजिलोको स्थापना दिवशमा सहकारी प्रशिक्षण

sahakarii (2)बुटवल,जेठ । बुटवलमा रहेको सजिलो बचत तथा क्रण सहकारी संस्थाले आज बुधबार आफ्नो स्थापना दिवशका अवसरमा सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको ८ औ स्थापना दिवशका अवसरमा अयोजना गरिएको सहकारी अभिमुखिकरण कार्यक्रममा सहकारीका झण्डै एक सय जना सदस्यहरुको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष अमर वहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीका विषयमा सबै सदस्यले बुझ्न आवश्यक रहेको बताएका थिए ।
सो अवसरमा पुर्व अध्यक्ष योगेन्द्रमणि तुलाधर, प्रशिक्षक लक्ष्मण पौडेल, उपाध्यक्ष रामराज पोख्रेल,सचिव विश्व वँन्दु विनयी लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा सहकारीको विश्व इतिहास,नेपालमा सहकारीको पवेश तथा हाल सहकारीहरुको अवस्थाका विषयमा जानकारी दिइएको थियो ।
झण्डै ३ सय शेयर सदस्य रहेको सजिलो सहकारीले वचत तथा क्रण लगानी गर्दै आएको छ । संस्थाको नाममा आफ्नै जग्गा समेत खरिद गरेको सजिलोले शेयर सदस्यहरु बृद्धि गरि पांच सय पुर्याउने अभियान अघि बढाएको पनि बताइएको छ। सहकारीले समय समयमा विभिन्न खालका रचनात्मक कार्यहरु गर्दै आएको उपाध्यक्ष रामराज पोख्रेलले बताउनु भयो । सहकारीको कार्यालय बटवल ११ मिलनचोकमा रहको छ ।

sahakarii (1)