बुद्ध जयन्तीको सबै तयराी पुरा, राष्टपती शुक्रबारदेखि नै रुपन्देहीमा, स्वदेशी र विदेशीहरुको आवागमन शुरु

1.3K

बुद्ध जयन्तीको सबै तयराी पुरा, राष्टपती शुक्रबारदेखि नै रुपन्देहीमा, स्वदेशी र विदेशीहरुको आवागमन शुरु

rrrrrrrrrrrrrrrrrरुपन्देही । विश्व शान्तिको मुहान, भगवान शाक्य मुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भोली शनिवार हुन आयोजना गर्न लागिएको २५ सय ६०औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा सहभागि हुन स्वदेशी तथा विदेशी पाहुना आउने क्रम सुरु भएको छ । बुद्ध जयन्तीमा भाग लिनका लागि चिन, श्रीलङका, भारत, थाईल्याण्ड, अमेरिका, अष्ट्रेलिया, बर्मा, मगाेंलिया लगाएतका देशबाट बौद्धमार्गी भिक्षु, भिक्षुणी, लामा गुरुहरु, गु्रजुहरु, उपाशक, उपासिकाहरु लुम्बिनी आई पुगेका छन् ।

लुम्बिनी आइपुगेका अधिकांश बिदेशी पाउनाहरु हवाई मार्ग हुदै लुम्बिनी आएका हुन भने कतिपय पाउनाहरु सडक मार्गबाट लुम्बिनी आएको लुम्बिनी बिकास कोषले जानकारी दिएको छ । कोषले दिएको जानकारी अनुसार भुटान, रसिया, संयुक्त राष्ट्र संघका प्रतिनीधि तथा अन्य मुलुकका मन्त्री तथा पाउना आउने क्रम जारी रहेको कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा सहभागि हुनका लागि नेपाल सरकारका मन्त्रीहरु पनि लुम्बिनी आइपुगेका छन् । नेपालका मन्त्रीहरु आज साझ चार बजेको चार्टर फलाईट मार्फत लुम्बिनी आएका हुन । कार्यक्रममा सहभागि हुनका लागि थाईल्याण्डका पर्यटन मन्त्री लुम्बिनी आउने पक्का भएको कोषका सदस्य सचिव तामाङले जानकारी दिए । उनले भोली बिहान सम्म पनि पाउना आउने क्रम जारी रहने उल्लेख गरे ।

२५६० औ बुद्ध जयन्तीको औपचारिक कार्यक्रममा सहभागि हुनका लागि राष्ट्रपति बिद्यादेवि भण्डारी लुम्बिनी आइपुगेकी छन । भोलि बिहान १० बजेदेखि सुरु हुने बुद्ध जयन्तीको औपाचारिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागिताका लागि राष्ट्रपति भण्डारी आजै लुम्बिनी आइपुगकी हुन् । उनलाई लुम्बिनी बिकास कोषका पदाधिकारीहरुले मायादेवि मन्दिरको प्रबेशद्धार अगाडि स्वागत गरेका थिए । नेपाली ध्वजाबाहक बिशेष हेलिकप्टरबाट बिहान ११ बजे लुम्बिनी आई पुगेकी राष्ट्रपति भण्डारीले झण्डै ४५ मिनेट लुम्बिनी स्थित मायादेवि मन्दीरमा बिताएकी थिइन ।

बिश्व शान्तिको मुहान सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी आयोजना गर्न लागिएको २५६० औ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ को तयारी पुरा भएको छ । ‘लुम्बिनी नेपाल : भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ भन्ने मुल नाराका साथ मनाउन लागिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी अन्तीम पुरा भएको लुम्बिनी बिकास कोषले जानकारी दिएको छ ।

लुम्बिनी स्थित लुम्बिनी संग्रालय नजिक आयोजना गरिने कार्यक्रममा १ हजार जना लामा गुरुहरु सहभागि हुने क्रम शुरु भएको लुम्बिनी बिकास कोषका सदस्य चिव अजितमान तामाङले जानकारी दिए । भोली आयोजना हुन लागको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका लागि बुद्ध जन्मस्थल लुम्बिनीलाई निकै सझाईएको छ । बिगतको भन्दा निकै महत्वका साथ हेरिएको यस पटकको बुद्ध जयन्तीलाई भव्य रुपमा सफल पार्नका लागि लुम्बिनीको सरसफाई देखि लिएर सुरक्षामा निकै ध्यान दिइएको छ । लुम्बिनी जाने बाटोमा बिभिन्न ठांउमा स्वागत गेट निमार्ण गरिएको छ भने बिभिन्न स्थानमा नेपाली र बुद्धिष्ट झण्डाले सझाईएको छ । लुुम्बिनी स्थित मायादेवि मन्दीर, शान्ति दीप, कार्यक्रम स्थललाई वेहुली जस्तै सझाईएको छ ।

भोली आयोजना हुन लागेको बुद्ध जयन्तीका लागि सरकारले दरिलो शुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्र प्रमुख सहभागि हुने कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आबश्यक सम्पुर्ण सुरक्षा प्रबन्ध मिलाईएको क्षेत्रिय प्रशाशक शंकर प्रसाद कोईरालाले जानकारी दिनुभयो । कार्यक्रम अबधिभर नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा ट्राफिक प्रहरीले शुरक्षा दिने उनले जानकारी दिए । बिदेशी राष्ट्रबाट आउने पाउनाहरुको लागि पनि दरिलो शुरक्षा प्रबनध मिलाईएको उनले बताए ।