घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा गिरीको उमेदवारी

755

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा गिरीको उमेदवारी

finalllकाठमाडौं जेष्ठ । आगामी जेष्ठ २४ र २५ गते हुने नेपाल घरेलु तथा साना उद्योग महासंघको २३औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि श्याम प्रसाद गिरीले उम्मेदवारी घोषणा गरेका छन् । हाल वरिष्ठ उपाध्यक्ष रहेका श्यामप्रसाद गिरीले बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
महासंघको यस महाधिवेशनमा नयाँं नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष गिरी आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्नो उम्मेदवारी लघु, घरेलु तथा साना उद्योगको विकास तथा विस्तारका लागि भएको बताए ।
महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीनवर्षे कार्यकालका लागि महासंघ केन्द्रीय कार्यकारिणी समिति तथा केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व समेत चयन गरिने छ । महाधिवेशनमा जिल्ला संघ, वस्तुगत संघहरू तथा एशोसिएट सदस्य र सहकारी सदस्य समेतबाट गरी करिव आठ सय प्रतिनिधि एवं पर्यवेक्षकहरूको सहभागिता रहने छ ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै गिरीले भूकम्प र नाकाबन्दीबाट असर परेको उद्योग क्षेत्रको पुनःस्थापनाका लागि ठोस कदम चाल्ने, लघु, घरेलु तथा साना उद्योगको बजार प्रवद्र्घनका लागि स्वदेशी वस्तु खरिद निर्देशिका लागु गर्नका लागि पहल गर्ने, स्वदेशी वस्तु खरिद बिक्री तथा बजार स्थापनाका लागि काम गर्ने, अन्तराष्ट्रिय बजारमा लघु, घरेलु तथा साना उद्योगले गरेका उत्पादनको बजार विस्तार गर्न कार्यक्रम संचालन गर्ने, औद्योगिक व्यवसाय ऐन जारी गराउन पहल गर्ने, उद्यमीहरूको वित्तीय पहुँच बढाउनका लागि नेपाल राष्ट्र बैंक र सिङ्गो बैंकिङ क्षेत्रसँग सहकार्य बढाउने, नविनतम प्रविधिको पहँुच विस्तार गर्न पहल गर्ने र आगामी दिनमा सबै प्रदेशमा महासंघका शाखाहरु गठन गरी संगठन सुदृढिकरण गर्ने लगायतका प्रतिवद्धताहरु जाहेर गरेका छन् ।
दुई दिने समारोहको पहिलो दिन २४ गते सोमबार प्रधानमन्त्री के.पी. ओलीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महासंघको महाधिवेशन उदघाटन गर्ने कार्यक्रम रहेको छ भने दोस्रो दिनको निर्वाचन प्रकृया स्टाफ कलेज जाउलाखेल ललितपुरमा सम्पन्न हुनेछ ।