१२ वुँदे प्रस्ताव पारित गर्दै नेपाल प्रेस युनियन रुपन्देहीको १९ औं वार्षिक सधारणसभा बुटवलमा सम्पन्न

1.3K

१२ वुँदे प्रस्ताव पारित गर्दै नेपाल प्रेस युनियन रुपन्देहीको १९ औं वार्षिक सधारणसभा बुटवलमा सम्पन्न

बुटवल जेष्ठ।pressu

१२ वुँदे प्रस्ताव पारित गर्दै नेपाल प्रेस युनियन रुपन्देहीको १९ औं वार्षिक सधारणसभा बुटवलमा सम्पन्न भएकाे छ । बिहिबार सम्पन्न साधारणसभाले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
त्यस्तैगरी युनियनलाई सवल र सक्षम बनाउनका लागि संघीय संरचना अनुसार परिमार्जित र परिस्कृत गर्न साधारण सभाले केन्द्रीय कार्य समितिलाई प्रस्ताव गरेको छ ।
श्रमजीवि पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेन्टी हुनु पर्ने, युनियनले अंगाडी सारेको नारा ‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान’लाई कार्यान्वयन तहमा लैजान पनि माग गरिएको छ ।

नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको नेपालकाे संविधान २०७२ लाई कार्यान्वयनमा सम्पूर्ण श्रमजीवि पत्रकारहरु अभियानकै रुपमा अंगाडी बढ्ने पनि साधारण सभाले प्रतिवद्धता जनाएको छ । पत्रकारको गुणात्मक बिकास र क्षमता अभिबृद्धिकालागि अभियान सञ्चालन गर्नुपर्ने माग युनियनले अंगाडी सारेको छ ।

युनियनको रजत वर्षको अवसरमा केन्द्रीय समितिले निर्देशन गर्ने वर्ष भरिका कार्यक्रमलाई रजत वर्षका रुपमा अंगिकार गर्ने प्रतिवद्धता जनाउँदै संशोधित पत्रकार आचार संहिता छिटो भन्दा छिटो कार्यान्वयन गर्न र आम सञ्चार नीति तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।
साधारण सभाले ‘कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रतिष्ठान’को कार्यान्वयनमा नेपाल पत्रकार महासंघले कार्यान्वयनमा देखाएको उदासिनता प्रति गम्भिर ध्यानाकर्षण गराउँदै तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ ।

त्यस्तैगरी सञ्चार गृहमा ट्रेड युनियनको मुद्धालाई ससक्त रुपमा उठाउन पहल गर्न र यसमा प्रेस युनियन ट्रेड युनियन मुद्धालाई प्राथमिकतामा राख्न सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीलाई आग्रह गरिएको छ । samman a

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली का‌ग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले याे सरकारले हावादारी गफ गरेरै समय बिताएकाे उल्लेख गर्नुभयाे । उहाले सरकारले भाषण र कागज मा मात्रै रेल र जहाज बनाएकाे भन्दै बाेलेर भन्दा काम गरेर देखाउन प्रधानमन्त्री केपि अाेलीलाइ चुनाैती दिनुभयाे ।

जीपी काेइराला स्मृती पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाइ :-

साे अबसरमा श्रमजीवी स्मारिका क्यालेण्डर बिमाेचन तथा जीपी काेइराला स्मृती पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाइ प्रदान गरेकाे छ ।

भने प्राबिधिक क्षेत्रबाट मिडियामा बिगत १२ बर्षदेखि बुटवल एफएममा कार्यरत शिब काफ्लेलाइ दाेसल्ला र प्रसंसा पत्रले सम्मान गरिएकाे छ ।
त्यस्तैगरी साधारण सभामा सचिव कबिन्द्र नेपालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रविणकुमार गाहाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन ध्वनी मतले पारित गरिएको सभापति बिक्रम खड्काले जानकारी दिनुभयो ।

पत्रकार मास्कीका छोरालाई निशुल्क अध्यापन
पत्नी शोक परेपछि दुःखमा परेका बुटवलका कृयाशिल पत्रकार टेकबहादुर मास्की रानाको छोरालाई बुटवलको ईन्टलेक्चयुअल एकेडेमीले कक्षा १० सम्म निशुल्क पढाउने भएको छ ।
नेपाल प्रेस युनियनको समन्वयमा सो बिद्यालयले कक्षा १० सम्म पठनपाठन गराउन बिद्यालय तथा युनियनले प्रतिवद्धता व्यक्त गरेको हो ।

युनियनको १९ औं साधारण सभाको अवसरमा बिद्यालयका प्रवन्ध निर्देशक रामराज पोख्रेल र युनियन रुपन्देहीका सभापति बिक्रम खड्काले हस्ताक्षर गरेको प्रतिवद्धता पत्र पत्रकार मास्की रानालाई हस्तान्त्रण गरिएको छ ।