एन आर एन पोर्चुगलका पुर्व महासचिवद्वारा महिलामाथि दुर्ब्यबहार गरेको आरोप(अडियो सहित )

716

एन आर एन पोर्चुगलका पुर्व महासचिवद्वारा महिलामाथि दुर्ब्यबहार गरेको आरोप(अडियो सहित )

गणेश पाण्डे
लिस्वन /पोर्चुगल

सुन्दर भविष्य को सपना बोकेर पोर्तुगल आउने नेपालीहरुको पिडा को बयान गरेर साध्य छैन । जंगली च्याउ जस्तै गरी हरेक महिना जन्मने सामाजिक संघ संस्था को कमि छैन यहाँ, तर पोर्तुगल को नेपाली समाज यति विकृत छ कि, यहाँ समाजसेवी र समाज का अगुवा हरुबाट नै नेपालीहरु शोषित भएको खबर बाहिर आइनैरहन्छन, जसको सबै भन्दा ताजा उदाहरण हो हेमन्त – जमुना प्रकरण ।

को हुन् हेमन्त ?
हेमन्त सेढाई एन आर एन पोर्तुगलका पुर्व महासचिव हुन। उनि पोर्तुगलमा विभिन्न व्यवसाय संचालन गर्दै आइरहेका छन्। उनको खेती मा म्यानपावर सप्लाई गर्ने कम्पनी छ, अनि उनी आबुफैरा को एक तारे होटेल मा पनि म्यानपावर सप्लाई गर्छन। साधारण बोलचालको भाषामा यो दलाली काम हो भने यसलाई आधुनिक व्यवसायिक भाषामा सर्विस कम्पनी या आउटसोर्सिंग भनिन्छ, जहाँ एजेन्टले कामदार र रोजगारदाता को बीच मा पुल को काम गरि बिचमा केहि कमिसन खान्छन।

पिडित जमुना के भन्छिन ?

पिडित भनिएकी जमुनाको को कुरा लाई आधार मान्ने हो भने,जमुनाले हेमन्त संगको फोन कुराकानीमा रुदै कराउदै त्यो दिन निकै अबेर भएकोले लिस्बोन फर्कन पनि सम्भव नभएकोले त्यो रात त्यहि बस्न र भोलि पल्ट बिहानै कोठा खाली गरिदिने जति नै अनुरोध गर्दा पनि हेमन्त ले इन्कार गरेको र सोहि दिन अरु नै काम मा आउने भएकोले जसरि पनि खाली गर्न बाध्य भएको बताउछिन। जमुना रुदै कराउदै रात को ८ बजेपछि कोठा बाट निस्किएपछि उनको पिडा लाई देखेर नजिकै पसल गरेर बस्ने एक नेपाली दम्पति ले त्यो रात आफ्नो घर मा राखेर सहयोग गरेको बताउछिन।

जमुना तामांग लिस्बोन मा बस्दै आइरहेकी थियिन र उनि एउटा होटेल मा काम गर्थिन। नया काम को खोजि गर्दै गर्दा जमुना लाई हेमन्तको कम्पनीबाट काम को लागि अफर आयो र उनि केहि साथीहरुसंगै आबुफ़ैरा फारो तर्फ लागिन। त्यहाँ पुग्दा अबेर भएकोले उनको कागजपत्रहरु भोलि मात्रै हेमन्त सेढाई को टिमलाई बुझाईयो। केहि समय अगाडी जमुना ले पोर्तुगल को अध्यागमन मा बसोबासको लागि आबेदन दिदा यहाको सरकार ले २० दिनभित्र देश छोड्न पत्र दिएको रहेछ तर जमुनाले भने त्यो समस्या लाई कानुन सम्मत तरिकाले सबै मिलाइसकेको दाबी गर्छिन। सोहि पत्रलाई आधार मानी सेढाईले जमुना लाई काम दिन नसक्ने, र आफुले जमुनालाई दिएको आवास सोहि दिन खाली गरिदिन बताए।

 

सुन्नुहोस पिडित जमुनाको अडियो वार्तालाप 

दुर्व्यवहार नगरेको जिकिर

पिडित भनिएकी जमुनालाई सेढाई ले कानुन सम्मत तरिकाले (काम सम्झौता पत्र सहित काम दिन नसकिने र कालोमा (बिना काम सम्झौता पत्र ( काम गर्नुपर्ने सर्त राखेको र नत्र बस्न दिईएको आवास सोहि दिन जसरी छोड्नु पर्ने दबाब दिएको बताउछिन। जब कि सेढाई कालोमा काम गर्न अफर गरेको कुरा सिधै इन्कार गर्छन, तर जमुना को काम नहुनेभएपनि सोहि स्थान मा अरुनै काम गर्न सोहि दिन आउने भएकोले सो बासस्थान खाली गरिदिन खबर गरेको बताउछन।

आर्कोतिर सेढाईले जमुनालाई सहयोग गर्न खोजेको र कुनै पनि किसिमले दुर्व्यवहार नगरेको जिकिर गर्छन। पिडित र पीडक भनिएका दुवैका कुरा अलग अलग धारमा छन्, र दुवैले आफुलाई बचाऊ गर्ने हदैसम्म प्रयास गरेका छन्।

कागजातमा केही कमी देखिएको भए त्यसलाई सच्याउने वा समय दिएर फिर्ता गर्नुको सट्टा केही घन्टाको समेत समय नदिइ राती अबेर घरबाट एउटा नेपाली चेली निकालिनु नेपाली- नेपाली हुनुको मानवीय नाताले र युरोपियन मानवअधिकार बमोजिम पनि न्यायोचित नदेखिएको नेपालीहरु बताउछन ।
पोर्तुगलमा नेपालीले नै नेपालीलाई ठग्ने, लुट्ने र दुर्व्यवहार गर्ने घटना कुनै नौलो होइन, आफ्नो पिडालाई आफ्नो बाध्यता संगै दबाएर र लुकाएर राख्ने यहाँ हजारौ नेपाली छन्। सामाजिक संस्थाका नाम मा च्याउ जस्तै उम्रिएका अनि खादा, आशन र भासण मा लिप्त समाजसेवीहरुको समाजका विसंगति र बिकृति बिरुद्ध बेलैमा ध्यान जाओस।

 

सुन्नुहोस  पीडक हेमन्तको अडियो वार्तालाप

https://www.youtube.com/watch?v=aOTpyfneiUU&feature=youtu.be